Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

एनसेलको ग्राहक संख्या ७० लाख नाघेको अवसरमा ७ जना ग्राहकलाई १० लाख रुपैयाँका दरले नगद पुरस्कार दिने I

Published on: Wednesday, January 18, 2012 // ,


गोपाल परियार ,काठमाडौं, माघ ४,

२०६२ असोज देखि स्पेश नेपाल प्रा लि लिमिटेड मेरो मोबैएल् नाम बाट नेपालमा मोबाइल टेलिफोन सुरु गरेको निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल कम्पनी एनसेल, जसले स्पेश नेपाल प्रा लि लिमिटेड मेरो मोबैएल् बाट टेलिया सोनेराले सेयर किनेर एनसेल नामकरण गरेको थियो ।

एनसेल ले पछिल्लो समयमा टेलिया सोनेराले सेयर सात जना ग्राहकलाई १० लाख रुपैयाँका दरले नगद पुरस्कार घोषणा गरेको छ। कम्पनीले यो स्किमलाई 'गोल्डेन सिमकार्ड' विजेताको नाम दिएको छ। आफ्नो ग्राहक संख्या ७० लाख नाघेको अवसरमा कम्पनीले सात जना छनौट गरेर नगद पुरस्कार घोषणा गरेको हो। पुरस्कारको लागि एनसेलको सिमकार्डमा रहेको १९ अंकको नम्बर मिल्नुपर्छ।कर समेत एनसेलले तिरेर ग्राहकलाई दिने १० लाख खुँद नगद राशीको पहिलो पुरस्कार युनिक सिम नम्बर ८९९७७-०२१०२-०६१८९-११५० ले प्राप्त गरेका छन्। एनसेलले बाँकी ६ जना ग्राहकलाई समेत क्रमशः घोषणा गर्दै १० लाखका दरले नगद पुरस्कार दिने जनाएको छ।

'हामी एनसेलका ग्राहकलाई साँच्चिकै उनीहरुको जीवनस्तरमा परिवर्तन गर्नसक्नेगरि पुरस्कार दिन चाहन्छौं,' एनसेलका चिफ कमर्सियल अफिसर अब्दु जाबोरले भने। एनसेलले पछिल्लो समयमा टेलिया सोनेराले सेयर किनेपछि सन् २०११ मा १० करोड डलर लगानी गरेर ९० प्रतिशत नेपाली जनतासम्म देशव्यापी रुपमा आक्रामक सेवा विस्तार गरेको छ।कम्पनीले गत वर्ष सरकारलाई प्रत्यक्ष र अप्रत्यक्ष गरि १० अर्ब रुपैयाँ कर तिरेको उल्लेख गर्दै पासी कोइस्टिनेनले कम्पनीले सबैभन्दा पछिल्लो पुस्ताको लङटर्म इभोलुसन (एलटिई) सेवा सुरु गर्न प्रस्ताव गरेको छ।

फ्रिक्वेन्सी उपलव्ध हुन नसकेेकाले यो सेवा सुरु गर्न कम्पनीले नसकेको जनाउदै १० लाख रुपैयाँले मानिसको जीवनस्तरमा नयाँ मोड दिनसक्ने भएकोले ७० लाख ग्राहक आधार नाघेको अवसरमा यस्तो स्किम ल्याइएको उनले बताए। 'हाम्रो सेवा सिमकार्ड मात्र होइन्, यो एउटा ठूलो रकमको चिट्ठा पनि हो,' जाबोरले भने।

0 comments for "एनसेलको ग्राहक संख्या ७० लाख नाघेको अवसरमा ७ जना ग्राहकलाई १० लाख रुपैयाँका दरले नगद पुरस्कार दिने I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!