Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

'लुट'मा नायिका सुस्माको आइटम डान्स (भिडियो) I

Published on: Wednesday, January 18, 2012 //


काठमाडौं, शुक्रवारको संयोग पार्दै आजदेखि एकसाथ चारवटा नेपाली चलचित्रको प्रदर्शन सुरु भएको छ । त्यसमध्ये तीनवटा राजधानी काठमाडौंमा प्रतिस्पर्धामा उत्रिएका छन् भनें एउटा उपत्यका बाहिरबाट प्रदर्शनमा आएको छ ।

चलचित्र लुट र बजारको देशव्यापी प्रदर्शन सुरु भएको छ । मदन घिमिरेले निर्देशन गरेको मस्ती उपत्यकाका हलमा प्रदर्शन थालिंदैछ । चलचित्र सडक भनें उपत्यका बाहिरका हलहरुबाट प्रदर्शन थालिएको छ । यसले केहि बर्षयता निरन्तर ओरालो लागिरहेको चलचित्र बजारलाई तताउने भन्दा धेरै केहि चलचित्रका निर्मातालाई डुवाउने अड्कल काटिएको छ । निश्चल बस्नेतले निर्देशन गरेको लुट सहरिया युवाको धनी बन्ने सपनामा आधारित छ ।

एनबी महर्जन निर्देशित चलचित्र बजारमा राजनीतिको संरक्षणमा हुने अपराध र त्यसलाई निमिट्यान्न पार्न प्रहरीले गरेको प्रयास देखाइएको छ । चर्चित प्रहरी उपरिक्षक रमेश खरेलमा आधारित भनिएको चलचित्रमा खरेलको भूमिकामा नायक राजेश हमाल छन् । मदन घिमिरेले निर्देशन गरेको मस्ती भनें धेरै मस्ती गर्दा सास्ती खेपेका युवामा केन्द्रीत छ ।

मोफसलबाट प्रदर्शन यात्रा थालेको चलचित्र सडकका निर्देशक प्दीप श्रेष्ठ हुन । सडक नायिका रेखा थापा, नायक आयुश रिजालको प्रेम र रोमान्सकै वरिपरी घुमेको छ । चलचित्र लुटमा नायिक सुस्मा कार्कीले गरेको आइटम डान्स अहिले निकै चर्चामा छ ।

0 comments for "'लुट'मा नायिका सुस्माको आइटम डान्स (भिडियो) I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!