Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

इन्धनको अभाव झेलिरहेका बेला आयल निगमले सम्पूर्ण पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्यो

Published on: Wednesday, January 18, 2012 // ,


गोपाल परियार , काठमाडौ, माघ ४,

नेपाल आयल निगमले सम्पूर्ण पेट्रोलियम पदार्थ को मूल्यवृद्धि गरेको छ । उपभोक्ताले इन्धनको अभाव झेलिरहेका बेला निगमले मूल्यवृद्धि गरेको हो । इरानमा नाकाबन्दी लगाउने अमेरिकी नीतिका कारण अन्तरार्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदा त्यसको असर नेपालमा पनि परेको निगमले जनाए छ। निगमलाई गत वर्ष ग्यास कारोबारमा मात्र करिब १ अर्ब ३६ करोड रुपैयाँ घाटा भएको थियो । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म निगमलाई ग्यासमा करिब २ अर्ब २७ करोड रुपैयाँ घाटा भइसकेको छ ।

बुधबार बसेको निगम बोर्ड बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईको स्वीकृतिमा पेट्रोल, डिजेल, मट्टितेल र खानापकाउने ग्यासको मूल्यवृद्धि गरेको हो। बढेको भाउ अनुसार एक सिलिन्डर ग्यासको १ हजार ५ सय रुपैयाँ उपभोक्ताले तिर्नु पर्नेछ। १ हजार ३ सय २५ मा उपभोक्ताले पाउँदै आएको ग्यासमा प्रतिसिलिन्डर १ सय ७५ रुपैयाँ मूल्य वृद्धि भएको हो। पेट्रोलमा १० रुपैयाँ मूल्य बढाएर प्रतिलिटर १ सय १५ रुपैयाँ पुर्‍याइएको छ। यसअघि एक लिटर पेट्रोलका लागि उपभोक्ताले १ सय ५ रुपैयाँ तिर्नुपर्थ्यो।

मट्टितेल र डिजेलमा ९ रुपैयाँ बढाएर प्रतिलिटर ८५ रुपैयाँ पुर्‍याइएको छ। ७६ रुपैयाँबाट डिजेल-मट्टितेल ८५ पुगेको हो।मासिक १ अर्ब ७६ करोड घाटामा रहेको निगमले आपूर्ति गर्न सक्ने भन्दै पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्नुपरेको जनाएको छ। मूल्य वृद्धि गर्दा पनि निगमको घाटा मासिक ८६ करोड रहनेछ। थाम्नै नसक्ने गरी घाटामा गइरहेको निगमले मूल्यवृद्धि गर्न यसअघि गरेको कोसिस प्रधानमन्त्री भट्टराईले रोक्दै आएका थिए।

एक महिना अघि नागरिक लगानी कोष र सञ्चय कोषबाट अडाइ अर्ब रुपैयाँ ऋण निगमलाई दिएर पनि मूल्यवृद्धि रोक्ने कोसिस गरिएको थियो। तर निगमले भारतबाट तेल आयत गर्दाको पुरानो बाँकी तिरेर जनवरी १६ सम्म तेल ल्याउँदा उक्त रकम सकिएको बताएको थियो।त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर १ सय रुपैयाँमा बढाएर १ सय ५ रुपैयाँ पुर्‍याइएको छ । महँगोमा किनेर सस्तोमा बेच्नुपर्दा भएको घाटा कम गर्न मूल्यवृद्धि गरिएको बताइएको छ ।

0 comments for "इन्धनको अभाव झेलिरहेका बेला आयल निगमले सम्पूर्ण पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्यो"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!