ब्यावसायीक तथा सीप विकास तालिम केन्द्र पोखराले दोस्रो चरणका लागि व्यावसायीक तालिम सञ्चालन गर्ने I
Published on: Tuesday, January 17, 2012 //
अर्थ
पोखरा माघ ४ गते ।
ब्यावसायीक तथा सीप विकास तालिम केन्द्र पोखराले दोस्रो चरणका लागि व्यावसायीक तालिम सञ्चालन गर्ने भएको छ । केन्द्रले महिला, जनजाती, द्धन्द्ध पीडित, गरिव तथा दलितहरुलाई सिलाई बुनाई, व्युटिपार्लर सम्बन्धी तालिम, कम्प्युटर तालिम र ईलेक्ट्रिोनिस तथा मोवाईल मर्मत सम्बन्धी तालिम दिन लागेको कार्यालय प्रमुख गोकर्ण बञ्जाडेले बताउनुभयो ।
यो वर्ष पहिलो चरणमा १ सय ४४ जनालाई तालिम दिएको र अहिले दोस्रो चरणमा १ सय ५० जनालाई विभिन्न प्रकारको तालिम दिन लागेको कार्यालयले जनाएको छ । अहिले भर्ना प्रकृया चलिरहेको छ । कार्यालयवाट व्यवासायीक तालिम लिईसकेपछि धेरैले आफनै व्यासाय सञ्चालन गरेको तालिम केन्द्रका प्रमुख बञ्जाडेले बताउनुभयो ।
तालिम क्रेन्द्रले प्लम्बिङ्ग, मोटरसाईकल मर्मत, हाउस वाईरिङ्ग, सिलाई बुनाई, व्युटि पार्लर सम्बन्धी तालिम, कम्प्युटर तालिम र ईलेक्ट्रिोनिस तथा मोवाईल मर्मत सम्बन्धी गरि ७ प्रकारका तालिम दिने गर्दछ । कार्यालयले २०४२ सालदेखि गण्डकी अञ्चलको कास्की, स्याङजा, मनाङ्ग, गोरखा, लम्जुङ्ग र तनहुँ गरि ६ जिल्लाका १५ हजार जनालाई विभिन्न प्रकारको तालिम दिईसकेको छ । बेरोजगार तथा विदेश जाने युवायुवतीलाई निशुल्क रुपमा प्राप्त हुने तालिम लिएर दक्ष वन्न पनि कार्यालय प्रमुख बञ्जाडेले अनुरोध गर्नुभएको छ ।