Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

शिर्ष तीन दलको बैठक आज पनि निश्कर्ष विहिन :"माओबादीसँग वार्ता गर्नुको औचित्य छैन" I

Published on: Wednesday, January 25, 2012 //

काठमाडौं, माघ १२,

शसस्त्र युद्धका बेला माओबादी ‘जनसत्ता’का निर्णय सदर गर्ने सरकारको निर्णयपछि टाढिएका दलहरु नजिक आउने प्रयास गरिरहेका छन्, तर उनीहरुको कुरा अझै मिल्न सकिरहेको छैन । दलहरुकोबीचको चिसिएको सम्बन्धमा सुधार ल्याउन आज बसेको प्रमुख दलका शिर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बैठक बसेको थियो ।

बैठकमा माओबादीले जनसत्ताका निर्णयलाई सदर गर्ने सरकारको निर्णयबाट पछि फर्कन नसकिने जनाएपछि बैठक निश्कर्ष विहिन भएको हो । प्रतिपक्षी दलहरुले माओबादीसँग वार्ता गर्नुको औचित्य समेत नभएको बताएका छन् । उनीहरुले माओबादी पुर्वसहमतिबाट धेरै पछाडी फर्कन खोजेको आरोप लगाएका छन् ।

बैठकमा काँग्रेसका सभापति शुशिल कोईराला, उपसभापति रामचन्द्र पौडेल डा रामशरण महत र एमालेका बरिष्ठ नेता माधव नेपाल, सचिव विष्णु पौडेल लगाएतका नेताहरु सहभागी थिए । माओबादीका तर्फबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य लगायत सहभागि थिए ।सोलिडारिटी

0 comments for "शिर्ष तीन दलको बैठक आज पनि निश्कर्ष विहिन :"माओबादीसँग वार्ता गर्नुको औचित्य छैन" I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!