Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

पेट्रोलियम पदार्थमा बिद्यार्थीलाइृ छुट दिने सरकारको प्रस्ताब I

Published on: Wednesday, January 25, 2012 //

काठमाडौ माघ १२
पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि पछि बिद्यार्थी संगठनहरुले ब्यापक बिरोध गरेपछि सरकारले छुट दिने भएको छ । सरकारका तर्फबाट आपूर्ति मन्त्री लेखराज भट्टले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दे सरकारी कलेजका विद्यार्थीले परिचयपत्रका आधारमा प्रति सिलिन्डर ग्यासमा २ सय रुपैयाँ सहुलियत दिने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै मट्टितेलमा पनि ग्रामीण क्षेत्र, कम आय भएका र सरकारी कलेजका विद्यार्थीले महिनाको १० लिटरमा १० रुपैयाँ सहुलियत पाउनेछन । किसानलाई पम्प, ट्याक्टरमा प्रयोग गर्न डिजेलमा प्रतिलिटर ५ रुपैयाँ सहुलियत दिने प्रस्ताव गरेका पत्रकार सम्मेलनमा वाणिज्य मन्त्री भट्टले जानकारी दिनुभयो ।
याता सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा आन्दोलनरत युवा तथा १३ विद्यार्थि संगठनले आज थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दैछन ।
बाघ बजारमा केहीबेरमा बस्ने बैठकले अहिले सम्म भएको आन्दोलनका समिक्षा गर्नुका साथै थप रणनिति तय गर्ने नेविसंघका नेता रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धि बिरुद्ध उपत्यका बन्द आयोजना गरेका युवा तथा बिद्यार्थी संगठनले अबको चरणमा प्रधानमन्त्री र मन्त्रीहरुलाई सिंहदरबार प्रबेशमा रोक लगाउने लगायत शसक्त कार्यक्रम ल्याउने भएका छन् ।
केही दिन देखी लगातार भईरहेको हरेक क्याम्पस अगाडी एक घन्टा चक्काजाम गर्ने कार्यक्रमलाई पनि यथावत राखेका छन । यस्तै पाल्पामा आन्दोलनरत विद्यार्थिले एउटा सरकारी मोटरसाइकल तोडफोड गरेका छन ।
यसैबचि, पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा राप्रपा नेपालका कार्यकर्ताले काठमाडौँको थानकोटस्थित नेपाल आयल निगमको डिपो अगाडी धर्ना दिएका छन् । उनीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै आज बिहान एक घण्टा डिपो अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका काठमाडौँ क्षेत्र नम्बर १० का कार्यकर्ताले पृथ्वी राजमार्ग अन्तर्गत थानकोट कलंकीखण्डमा यातायताका साधन सञ्चालनमा रोक लगाएका थिए ।
आकस्मिक रुपमा भएको यातायात बन्दका कारण यात्रुहरु पैदलै हिँडेर गन्तव्यमा पुग्न बाध्य भएका थिए । बन्दका कारण बाहिरबाट राजधानी भित्रन लागेका सयौं सवारी साधन नागढुंगामा लाइन लागेका थिए ।

0 comments for "पेट्रोलियम पदार्थमा बिद्यार्थीलाइृ छुट दिने सरकारको प्रस्ताब I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!