Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

रिहाना एक नम्बर I

Published on: Wednesday, January 25, 2012 //



लस एन्जल्स (एजेन्सी), माघ १२,

लामो समयदेखि युटयुबमा सर्वाधिक हेरिने महिला सेलिबि्रटीको सूचीमा अग्रपंक्तिमा रहँदै आएकी गायिका लेडी गागालाई पछिल्लोपटक गायिकाले नै झट्का लगाइदिएकी छन् । रिहानाले ।

तीन दिनअघि सार्वजनिक बिलबोर्ड अनुसार रिहानाले युटयुबमा हालै भ्युअर संख्या दुई अर्बले बढाएकी छन् । सन् २०११ मा 'टक द्याट टक' स्टुडियो एल्बम सार्वजनिक गरेकी रिहानालाई युटयुबमा त्यसैको चर्चित गीत 'वी फाउन्ड लभ...' का लागि बढी खोजिएको थियो । उक्त गीत युटयुबमा २ अर्ब ६८ करोड पटक हेरिएको छ । यसले गागालाई एक स्थान तल झार्दै रिहानालाई युटयुब क्विनका रूपमा स्थापित गराउन सहयोग गरेको छ ।

रमाइलो त के भने, सन् २०१० को अक्टोबरदेखि गागा युटयुबमा एक अर्ब कटाउने पहिलो म्युजिसियन बनेकी

थिइन् । 'ब्याड रोमान्स...,' 'टेलिफोन...,' 'यु एन्ड आई...' र 'म्यारी द नाइट...' जस्ता लोकपि्रय गीत दिँदादिँदै पनि गागाले युटयुबमा सर्वाधिक खोजिएकी महिला सेलिबि्रटीको टयाग जोगाइराख्न असफल भएकी छन् । अर्कातिर, रिलिजको तीन महिनामै रिहानाको गीत 'वी फाउन्ड लभ...' ले एक अर्ब १५ करोड भ्युअर पाएको थियो । जे भए पनि, गागा र रिहाना दुवै युटयुबका लागि प्रभावकारी छन् । यी दुवै टिनएज सनसनी जस्टिन बिबरभन्दा निकै अगाडि छन् ।

0 comments for "रिहाना एक नम्बर I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!