Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता नलिए माघ १४ गते आयल निगम अगाडि आत्मदाह गर्ने I

Published on: Tuesday, January 24, 2012 //



गोपाल परियार ,काठमाडौं, माघ ११,

हिजो दिउसो रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर राजधानी को विभिन्न कलेजमा अध्ययनरत यूवाहरुले सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि, लोडसेडिङ, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले मजदुरी गरेर जिवन चलाउने सर्वसाधारणदेखि विद्यार्थीहरुको जीवन कष्टकर बन्दै गएको भन्दै माघ १४ गते नेपाल आयल निगम अगाडी संयुक्त रुपमा आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

आत्मदाहको घोषणा गरेका विशू थापाले भने सरकारका एक जना मन्त्रीले ५, ६ वटा गाडीको दुरुपयोग गर्न हुने तर गरिब जनताले खान समेत नपाउने अवस्थाको अन्त्य गर्न नसकने सरकार नालयक सरकार प्रमाणित भईसकेको भन्दै सम्पूर्ण जनताको मुक्तीकोलागी आत्मदाहको निर्णयमा पुगेको जानकारी दिए ।

माघ ११ गते १० बजे आयत निगम अगाडि राष्ट्रिय झण्डासहित धर्ना गर्ने, १२ गते सिंहदरबार अगाडि राष्ट्रिय झण्डासहित धर्ना गर्ने, १३ गते अन्तर्राष्ट्रिय सम्मेलन भवन अगाडि एक दिने अनसन गर्ने जस्ता विरोधका कार्यक्रम राख्नुका साथै उनीहरुले पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता हुनुपर्ने, दण्डहीनताको अन्त्य गरी विधिको शासन व्यवस्था गरिनुपर्ने जस्ता ५ सूत्रीय माग सरकारले तीनदिन भित्र पुरा गर्न अल्टिमेटम पनि दिएका छन्

0 comments for "पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता नलिए माघ १४ गते आयल निगम अगाडि आत्मदाह गर्ने I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!