Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

बिहानै देखि राजधानीमा बन्द को प्रभाव I

Published on: Tuesday, January 24, 2012 // ,



गोपाल परियार ,काठमाडौं, माघ ११,

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध माघ ५ गते देखि ११ सत्तारुढ र बिपक्षी दलमा आबद्ध विद्यार्थी संगठनले आन्दोलन जारी राखेका छन् । मुल्यवृद्धिको विरोधमा प्रदर्शन, घेराउ सहित उपत्यका बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका मुल्यवृद्धिको निर्णय फिर्ता नलिए ११ गते उपत्यका बन्द गर्ने निर्णय गरेका थिए ।

हिजो माघ १० गते ‘बेलुकासम्म हामी सरकारको धारणा कुर्छौँ’ भन्दै अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा लगायत अनेरास्ववियुका अध्यक्ष माधव ढुङगेल, नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष प्रदीप पौडेललेमंगलबार बेलुकीसम्म माग पुरा नभए आन्दोलनबाटै सरकारलाई घुडा टेकाउने उहाँले चेतावनी दिनुभएको थियो ।

बन्दका कारण राजधानीको जनजीवन कष्टकर बनेको छ । केही दिन अगी विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि फिर्ताको माग गर्दै ११ विद्यार्थी संगठनले संयुक्त रुपमा बन्द आह्वान गरेका हुन् । बन्द सफल बनाउन विद्यार्थी संगठनहरुले विहानैदेखि राजधानीमा प्रमुख चोक र सडकमा प्रदर्शन गरेको विद्यार्थी नेताहरुले जनाएका छन् ।बन्द आयोजकमा अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियु लगायत एघार विद्यार्थी संगठन रहेका छन् ।

यसैवीच, बन्द आयोजकले एम्बुलेन्स, कुटनीतिक नियोग, प्रेसलगायत अत्यावसेक सेवाका सवारी साधनलाई निर्वाध चल्न दिने जनाएका छन् । विद्यार्थीको बन्दका कारण सवारी साधन चल्न सकेका छैनन् भने बजार, पसल, कलकारखाना, उद्योग, शिक्षण संस्थालगायतका क्षेत्रमा प्रभाव परेको छ ।

0 comments for "बिहानै देखि राजधानीमा बन्द को प्रभाव I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!