जलजला हेर्दा नोस्टालजिक भए प्रचण्ड I
Published on: Wednesday, January 4, 2012 //
मनोरञ्जन
काठमाण्डौ, पौष २०,
क्रान्तिको बिषयमा आधारित सिनेमा जलजलाको बिशेष शो हेर्न आज बिहान माओवादी अध्यक्ष प्रचण्ड सहित उच्च नेताहरु कुमारी सिनेमा हल पुगेका थिए । माओवादी संघर्षकालिन पिरियडलाई आधार बनाएर निर्माण गरिएको उक्त फिल्ममा देखाईएको विभिन्न दृश्य र सम्बादले प्रचण्ड फ्ल्यासब्याकमा पुग्दै नोस्टालजिक भएका थिए ।
विदेशी शक्तिको चेपुवामा भैरहेको नेपाली राजनीतिमाथिीको प्रत्यक्ष हस्तक्षेप लगागतका विषमा केन्द्रित शिव जी लामिछाने निर्देशित उक्त चलचित्र हेर्दा प्रचण्ड सहितका नेताहरु सिनेमा हेर्ने क्रममा विभिन्न मुद्रामा प्रस्तुत भएका थिए । सिनेमा हेर्दा प्रचण्ड घरी नोस्टाल्जिक हुन्थ्ये त घरी आक्रोसित अनि घरी हर्षित । ब्यस्तताका बाबजुत क्रान्तिमाथि बनेको फिल्म हेर्न पुगेका उनले ईन्ट्ररभल सम्म फिल्म हेरेका थिए । यध्यपी उनीसंगै सिनेमा हेर्न पुगेका नेता कृष्णबहादुर महरा अग्नी सापकोटा नन्दकिशोर पुनः पासाङ लगायतका नेताले सिनेमा पुरै हेरेका थिए । सिनेमा आधा हेरेपछी प्रचण्डले ब्याबसायिक ढङ्गले निर्माण गरिएपनि मनलाई छुन सफल भएको भन्दै हरेक दर्शकहरुले एक पटक हेर्नैपर्ने भन्दै डिप्पलोमेटिक प्रतिक्रियादिए ।
यस्तै नेता महरा पासाङले पनि सिनेमाले मनलाई छोएको प्रतिक्रिया दिए । तर सिनेमका क्लाईमेक्समा घाटी काटेको दृश्यलाई सेन्सर बोर्डले नकाटेको बिषलाई भने निर्माता निर्देशकले पावर मिस यूज गरेको आकलन काटिएको छ । चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी र शिवजी लामिछानेको समेत लगानी रहेको उक्त सिनेमामा घाटी काटिएको दृश्य सेन्सरपास गराउन कतै पावर मिस यूज त गरिएको हैन भन्ने मिडिया को प्रस्नमा निर्देशक लामिछानेले स्वीकार्न चाहेनन ।
लामिछानेले भने 'राष्ट्रिय हतियार खुकुरीले काटिएको दृश्य हो जुन सेन्सर गर्नुपर्छ भन्ने हैन ।' दृश्यमा नायक किशोर खतिवडाले कमलकृष्ण पौडेलको घाटी काटेका छन् जसलाई एनिमेशनमार्फत देखाईएको छ । यध्यपी सेन्सर बोर्डले यस्ता दृश्यलाई काट्ने गरेको छ । चलचित्रमा रेखा थापा आयुष रिजाल बसुन्धरा भुसाल पुष्कर भट्ट लिडरोलमा छन् ।
सिनेमा हेरिरहदा प्रचण्डको अनुहारमा यस्तो भाव देखिन्थ्यो
अन्याय र अत्यचारको विरुद्ध लड्न बन्दुक बोकेका हौ : आक्रोसित
तलाई लाज लाग्दैन छोरी मान्छे भएर बन्दुक समाउन : हर्षित
यि बन्दुक बोक्नेहरुको विश्वास गर्नुहुदैन : स्तब्ध
त को होस भन्ने प्रश्नमा गरिव जनताको सिपाही भन्ने उत्तर आउदा : प्रफुल्लित
- फिल्मीखबर