पाँचौ आइसिटी ब्रान्डिङ एक्सपो २०१२ आजबाट शुरु I
Published on: Wednesday, January 4, 2012 //
विज्ञान प्रविधि,
समाचार
सहदेव चौधरी, काठमाडौं, पुस २१,
आइसिटी एशोसिएशन अफ नेपालले आयोजना गर्ने (सूचना प्रविधि मेला) आइसिटी ब्रान्डिङ एक्सपो २०१२ काठमाण्डौको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विहिबारबाट सुरु भएको छ। टिपिलिङ्क पाचौँ ब्रान्डिङ्ग एक्सपो २०१२ मा सुचना सञ्चार तथा प्रविधिको क्षेत्रमा विकास भएका पछिल्ला संस्करणहरु, नविनतम उपलब्धिहरु तथा देश भित्रका विकास भएका र लुकेर रहेका सुचना प्रविधीका ८० वटा भन्दा बढी ब्राण्डका सूचना प्रविधि सँग सम्बन्धित उत्पादनहरु रहने छन्।
एक्सपोमा मुख्य प्रायोजकको रुपमा टिपिलिङ्क रहेको छ। यसैगरि प्लाटिनम स्पोन्सरमा कार्बन डायमन्ड स्पोन्सरमा डिजिकम र कास्परस्काई र गोल्ड स्पोन्सरमा क्रियटिभ, इभी र टेन्डा रहेका छन्। मेलाको सम्पूर्ण सूचना जानकारी टस्टल बुकिङ आगन्तुक अवलोकनकर्ताको टिकेटिङ लगायतका सम्पुर्ण विवरण आइसिटि नेपालको वेवसाई www.ict.org.npमा राखिएको छ भने मेलाको सम्पूर्ण विवरण थ्रिडीमा देखाइने बताइएको छ। यसका साथै एशोसिएशनले यस वर्षको एक्सपोमा अवलोकनकर्ताको लागि आफ्नो साइट www.ict.org.np मा गएर फेसबुक पेजमा लाइक गर्नेलाई ७५ प्रतिशतसम्म टिकट छूटको व्यवस्था गरेको बताएको छ। एक्सपोमा सर्वसाधारणको लागि रु २०० र विद्यार्थिको लागि रु १०० टिकट दर तोकिएको छ।
एक्सपोमा पछिल्ला संस्करणका डेक्स्टप कम्युटर, ल्यापटप, सर्भर, टच प्याड, साउण्ड सिस्टम, नेटवर्किङ सिस्टम, सिसिटीभी तथा सेक्युरीटी सिस्टम, एन्टी भाइरस, प्रिन्टर, फोटो प्रिन्टर, इलेक्ट्रोनिक टाइपराइटर, स्टिकर तथा मोवाइल प्रिन्टर, टेलिफोन तथा पिएबिएक्स सिस्टम, थ्रीडी तथा वायरलेस प्रोजेक्टर, इलेक्ट्रोनिक प्रोजेक्टर, स्क्रिन मोवाइल, एलसिडी तथा एलइडी मोनिटर एवम टेलिभिजन, वायरलेस युक्त ल्यापटप ब्याग, फोटो प्रिन्टिङ पेपर, इन्टरनेट सफ्टवेयर लगायतका पावर इनर्जी सुचना प्रविधी सँग सम्बन्धित सामग्रीहरु प्रदर्शनीमा राखिने छ।
प्रारम्भिक चरणमा मेलालाई सफल बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डहरुमा एभिड,बलेयो,ब्रोदर,चिमेइ,क्रिएटिभ,डेल्टा,डिजीकम,इभ,फुजिकुरा,हसी,इङकटेक,इन्टेक्स,जेडीएसयु,कार्वन,कास्पारस्की,लिनक्स, एम अडियो,मित्सुविसी,नमस्ते,एनइसी,फिलिप्स,पिनाकल,प्रो सिस्टम आइसिएस,स्मार्ट सेल,टेन्डा,जेल टेक,जेटिई जस्ता प्रोमोटर तथा सपोर्टरहरुले साथ दिने भएका छन्। उनीहरुले मेलाको अवसर पारेर अवलोकनकर्ताहरुको लागि विभिन्न स्किमहरु पनि ल्याउने भएका छन्
यसका साथै कम्पनीहरुले अन्तराष्ट्रिय बजारमा नाम कमाइसकेका पछिल्ला संस्करणहरु एसर, एएमडी, एओसी, अल्कटेल, एप्पल, आसुस, बेल्किकन, बेन्क्यु, क्यानन, कमप्याक, कलरस, डेल, डाइनामिक, एक्जाइट, इपसन, फुजीछु, जीफाइभ, जीनियस,जीनियसएचसिएल,एचपी,हुन्डाइ,इन्टेल,आइटक,कोन्का,लेनेभो,लेक्समार्क,एलजी,लाइटअन,
लजिटेक,माइक्रोम्याक्स,माइक्रोसफ्ट,मोटोरोला,मएसआइ,एनसेल,नोकिया,ओमनीपावर,प्लानेट,प्रोलिंक,रिको,
रोल्यान्ड,सामसुङ,सिम्मेट्रोनिक्स,सार्प,सोनी,सोनीइरिक्सन,स्पाइस,सुकाम,तोसिबा,टीपीलिंक,यासुडा,एक्सट्रिमर,विप्रो,क्याक्फी,क्विकहिल र टेकमका समग्रीहरु प्रदर्शनीमा राखिएका छन।
यतिमात्रै नभएर आइसिटी इन्फो ट्रेड २०१२को ब्राण्डिङ एक्सपोमा ताइवान, कोरिया, भारत, दुवई, हङकङका विदेशी कम्पनीहरु पनि प्रत्यक्ष सहभागी हुने मेलाका संयोजक सिएन उपाध्यायले जानकारी दिनुभयो। मेलामा विगतका वर्षहरुमा गरिए भन्दा यस पटकको मेलामा व्यवस्थापन र प्रविधिक पक्षलाई थप आकर्षक बनाइ अवलोकनकर्ता र प्रदर्शनकर्तालाई उच्चस्तरीय अन्तराष्ट्रिय स्तरको अनुभूति गराइने बनाइएको छ। टिपिलिङ्क पाचौँ ब्रान्डिङ् एक्स्पो २०१२ मा करीब १० करोडको कारोबार तथा २ लाख अवलोकनकर्ताको अपेक्षा गरिएको आइसिटी एसोशिएशन अफ नेपालका अध्यक्ष सागरदेव लाखेले जानकारी दिनुभएको छ।अनलाइन हाम्रा कुरा