Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

अभियानका बारेमा जिविस तथा गाविस सचिवहरुसँग छलफल I

Published on: Wednesday, January 25, 2012 //

कृष्ण न्यौपाने ,
दमौली, माघ ११ ।
फोटो पत्रकार महासंघ नेपाल, तनहुँ शाखाले सञ्चालन गरेको ‘तस्बिरमा तनहुँ’ अभियानलाई सफल पार्नका लागि जिल्ला विकास समिति तनहुँ र गाउँ विकास समितिका सचिवहरुसँग छलफल गरिएको छ । फोटो पत्रकार महासंघ नेपालका महासचिव डम्बर बहादुर अधिकारी र शाखा अध्यक्ष नारायण खड्काले जिल्ला विकास समितिको समिक्षा हलमा बुधबार आयोजित गाविस सचिवहरुको भेलामा अभियानका बारेमा जानकारी गराएका हुन् ।
उक्त छलफल कार्यक्रममा अधिकारी र खड्काले फोटो पत्रकार महासंघ नेपाल तनहुँ शाखाले सञ्चालन गर्न लागेको अभियानका बारेमा जानकारी गराउँदै यो अभियान शाखाको एकल सक्रियताले मात्र सम्भव नभएकाले जिल्ला विकास समिति र गाउँ विकास समितिका सचिवहरुलाई आवश्यक सहयोग गरी अभियानलाई सफल पार्न आग्रह गरेका थिए ।
छलफलमा जिल्ला विकास समितिका प्रमुख एवं गाविस सचिवहरुले जिल्ला एवं गाविसमा भए गरेका गतिविधि तथा अभियानले छुटाउनै नहुने वस्तुस्थितिको जानकारी दिई अभियानलाई सहयोग गर्ने बताएका छन् ।
अभियान अन्र्तगत तनहुँ जिल्लाका ४६ वटै गाउँ विकास समितिका ४ सय १४ वटा वडा र व्यास नगरपालिकाको ११ वटै वडाका कुना काप्चामा पुगेर त्यहाँ लुकेर, प्रचार प्रसारको अभावमा लोपको संघारमा पुगेका एवं पछाडी परेका जातजाति, विभिन्न समुदाय, धार्मिक स्थल, पर्यटकीय सम्भाव्यता एवं ऐतिहासिक स्थल तथा त्यस ठाउँका कला, संस्कृति, सम्भाव्यतालाई तस्विरको माध्यमबाट उजागर गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियान प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा तस्विर खिचाएर यहि पुस २२ गतेबाट शुभारम्भ गरिसकिएको छ ।
अभियान सफल पार्न सञ्चारकर्मीहरु एकल रुपमा लागेर सम्भव नहुने भएकाले पूर्ण रुपमा सफल बनाउनका लागि जिल्ला विकास समिति, गाउँ विकास समिति, नगरपालिका, विभिन्न गैरसरकारी संघ संस्था, पर्यटन क्षेत्रसंघ आवद्ध विभिन्न संघ संस्था, स्थानीय आमा, बुबा समुह, युवा क्लव, विद्यालय, स्वास्थ्य संस्था लगायत स्थानीय बासिन्दासंग सहकार्य गरेर अगाडि बढ्ने र यस अभियानलाई सफल बनाउनका लागि सबैसँग फोटो पत्रकार महासंघ तनहुँ शाखाले सहयोगको अपिल गरेको छ ।

0 comments for "अभियानका बारेमा जिविस तथा गाविस सचिवहरुसँग छलफल I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!