Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नेपाली पासपोर्टमा विदेश गएर आएकी भारतीय पक्राउ I

Published on: Wednesday, January 25, 2012 //

काठमाडौ, माघ १२,

नक्कली नेपाली राहदानीसहित एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले भारत कालिम्पोङ दोल्पचाङकी बिनिता क्षेत्रीलाई अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको हो । झापा महेशपुर ठेगाना भएकी मनमाया योङहाङको राहदानीमा फोटो परिर्वतन गरेर कुबेत पुगेकी केसीलाई कुबेत स्थित दुताबासले नेपाल फर्काएको थियो ।

उनी ५१९०४२७ नम्बरको राहदानीमा भारतको कोलकत्ता हुदै १३ दिन अघि कुबेत पुगेकी थिईन् । उनी त्यहाँ हाउस मेडको रुपमा काम गर्न गएको प्रहले जनाएको छ । उनी उक्त राहदानी सहित एयर अरेबीयाको जि९०१२६ नम्बरको उडानबाट काठमाडौं फर्किएकी छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनलाई कुबेत पठाउन युवराज क्षेत्री नामका ब्यक्तिले पासर्पोट तथा भिषा बनाइदिएका थिए । ‘विदेश पठाउनेले फोटो मात्र लिएर सबै गदिएको पाइएको छ’ ब्युरोका डिएसपी प्रबिण पोख्रेलले भने ‘लैजाने क्रममा भारतको सिलगुढि, कलकत्ता, मुम्बईमा धेरै दिन राखेर मात्र उडाउने रहेछन् ।’ क्षेत्रीले उनीसंगै ५ भातय महिलालाई नेपाली राहदानी प्रयोग गरेर कुबेत उडाएका थिए । ब्युरोले यसअघि पनि अर्काको राहदानीमा विदेश उड्नेलाई पक्राउ गरेको थियो ।कान्तिपुर

0 comments for "नेपाली पासपोर्टमा विदेश गएर आएकी भारतीय पक्राउ I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!