Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

आर्थिक समृद्धिको सरकारी कार्यक्रम आज घोषणा हुने I

Published on: Wednesday, January 25, 2012 //

काठमाडौं, माघ १२,

सरकारले आज आर्थिक समृद्धिको कार्यक्रम घोषणा गर्दैछ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दिउसो ३ बजे आफ्नै कार्यालय सिंहदरबारमा कार्यक्रम घोषणाको तयारी गर्नुभएको हो ।

आर्थिक समृद्धिको कार्यक्रममा सुशासन, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सहुलियत र बजेटमा परेका ठूला परियोजना कार्यान्वयनमा जोड दिइने अर्थमन्त्री बर्षमान पुन, अनन्तले जानकारी दिनुभएको छ ।

यस्तै भइरहेका कार्यक्रमको कार्यान्वयनलाई प्राथमिकता तथा मूल्यवृद्धिबाट असर पर्नेलाई राहत लगायत रोजगार र उच्च आर्थिक वृद्धिका लागि केही नयाँ क्षेत्र घोषणा गर्ने सरकारको तयारी छ । नयाँ कार्यक्रमले आम नागरिकमा सुधार र सुशासनको महसुस गराउने सरकारले दावी गरेको छ ।उज्यालो नेटवर्क

0 comments for "आर्थिक समृद्धिको सरकारी कार्यक्रम आज घोषणा हुने I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!