Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

बर्लिन फिल्म महोत्सवमा 'हाईवे' I

Published on: Wednesday, January 25, 2012 //


काठमाण्डौ, माघ १२,

जर्मनीको बर्लिनमा आउँदो फेब्रुअरी ९ देखि १९ सम्म हुने बर्लिन फिल्म महोत्सवमा दीपक रौनियारले निर्देशन गरेको नेपाली चलचित्र 'हाईवे' प्रतिश्पर्धामा उत्रने भएको छ । विश्वमा चर्चित महोत्सव मध्येको एक मनिने बर्लिन महोत्सवमा आफ्नो चलचित्र छनोट भएपछि निर्देशक रौनियार निकै खुसी भएका छन् ।

महोत्सवमा छनोट भएका विश्वका बिभिन्न मुलुकका ११ फिचर चलचित्रमा आफ्नो पनि चलचित्र परेपछि निकै खुसी हुँदै रौनियारले आफ्नो फेसबुकमा लेखेका छन्, 'धेरै खुशी हुँदा पनि मन भक्कानिंदो रहेछ । मैले अघिल्लो हप्ता थाह पाएँ जतिवेला मैले पहिलो पटक "हाईवे" को लागि बर्लिनको निम्तो पाएको थिएँ ।' दिपकले चलचित्रलाई सोही महोत्सवमा वर्ल्ड प्रिमियर गर्ने बताईएको छ । बिगत ३२ बर्ष देखि चल्दै आएको सो महोत्सवमा नेपाली चलचित्र छनोट भएको यो पहिलो पटक हो ।

चलचित्र हाईवेमा नेपालीहरूले राजमार्गको यात्रा गर्दा भोग्नु परेका समस्याहरूको कथालाई यथार्थ ढंगले प्रस्तुत गरिएको छ । कर्म, सौगात मल्ल, ऋचा शर्मा, विनय श्रेष्ठ, दयाहाङ राई, राजन खतिवडा लगायतले अभिनय गरेको सो चलचित्रको पोष्टप्रोडक्सन अमेरिकामा गरिएको हो । पोष्टप्रोडक्सनका लागि युनिटले ३३ हजार ६ सय ४७ अमेरिकी डलर संकलन गरेको थियो । चलचित्रलाई समिरमणि दीक्षितले निर्माण गरेका हुन् ।फिल्मीखबर

0 comments for "बर्लिन फिल्म महोत्सवमा 'हाईवे' I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!