Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

निशुल्क औषधीले ७० जनाको ज्यान गयो I

Published on: Wednesday, January 25, 2012 //



एजेन्सी,

पाकिस्तानमा नक्कली औषधीका कारण ज्यान गुमाउने संख्या ७० पुगेको छ । पंजाब प्रान्तमा सरकारले उपलब्ध गराएको निशुल्क औषधीका कारण ज्यान गुमाउने बिरामीहरुको संख्या ७० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नक्कली औषधीका कारण ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने पाकिस्तानी अधिकारीहरुले बताएका छन् । लाहौरको पंजाब इन्सिटच्युट अफ कार्डियोलोजी नामक अस्पतालबाट यो औषधी वितरण गरिएको बिबिसीले जनाएको छ । यो सरकारी अस्पताल हो । प्रहरीले औषधी उत्पादनमा संलग्न तीन वटा कम्पनीका मालिकलाई पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

पंजाबका स्वास्थ्य सचिव जेहान्जेब खानले औषधीका कारण हालसम्म ३ सय ५० जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएका छन् । यसैबीच नक्कली औषधीका कारण नागरिकको ज्यान गएको भन्दै पंजाब विधान सभामा विपक्षीहरुले कडा बिरोध गरेका छन् । विपक्षीहरुले पंजाबका मूख्यमन्त्री शाहबाज शरीफको राजिनामा मागेका छन् । –एजेन्सीको सहयोगमा

0 comments for "निशुल्क औषधीले ७० जनाको ज्यान गयो I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!