माओबादीका कारण संविधान बन्दैन : मोहन विक्रम I
Published on: Monday, January 23, 2012 //
समाचार
चितवन, माघ ९,
नेकपा मसालका महासचिब मोहन बिक्रम सिंहले माओवादी भित्रको विवादका कारण संविधान बन्न नसकेको बताउनुभएको छ ।
उहाँले संविधानसभाको सबैभन्दा ठुलो दल भित्र को विवादले संविधान निमार्णमा असर परेको टिप्पणी गर्नु भयो ।
आज बिहान राष्ट्रिय जनमार्चा चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै सिहंले माओवादिको एक पक्ष संविधान बन्न नदिने खेलमा लागेको दावी गर्नु भयो ।
नेता सिंहले दलहरुबिच बढेको बिमतिका कारण संबिधानसभा बाट संबिधान बन्ला भन्ने बिश्वास कम हुदै गएको उल्लेख गर्दै त्यसको जटिलता प्रति समयमानै सजग बन्नुपर्ने बताउनुभयो ।