Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

आवाजले चल्ने मोबाइल I

Published on: Friday, January 20, 2012 //

 एजेन्सी, नयाँदिल्ली, मोबाइल धेरै चलाउँदा औलामा समस्या भएको छ भने केही समय पर्खनुहोस् । भारतमा बोलेरै मोबाइल एसएमएस लेख्न सकिने प्रविधिको विकास हुँदै छ । यो प्रविधिले एसएमएस लेख्न मात्र नभएर मोबाइलका सबै सुविधा मुखैबाट चलाउन सकिने सेवा दिने छ । हैदराबादको इन्टरनेसनल इन्स्िटच्युट अफ इन्फरमेसन टेक्नोलोजी (आइआइआइटी) ले यस्तो मोबाइल प्रविधिको विकास गर्न लागेको हो । प्रविधिले मौखिक आदेशलाई मोबाइलले बुझ्नो भाषाका रूपमा विकास गर्ने छ ।

आइआइआइटीका निर्देशक राजीव संगलका अनुसार दुई वर्षभित्र पूरा हुने परियोजनालाई भारतीय सूचना प्रविधि मन्त्रालयले सहयोग गरेको छ । 'तपाई मोबाइल फोनसँगै कुरा गर्न सक्नुहुने छ,' उनले भने, 'एसएमएस पठाउनका लागि तपाईले मौखिक आदेश दिए मात्र पनि पुग्ने छ ।' उनका अनुसार अन्य सात संस्थाले पनि यस्तो प्रविधिको विकासका लागि काम गरिरहेका छन् । सानो स्क्रिन र किबोर्ड भएका मोबाइलमा यस्तो प्रविधि धेरै उपयोगी हुने उनले बताए ।

संस्थाले बोलीबाटै प्रविधि प्रयोग गर्नका लागि भाषा अनुवाद, भारतीय भाषाको पहिचान, व्यक्ति अनुसार बोलीको पहिचान, संवाद प्रणाली लगायतको विकास गर्दै छ । संस्थाले एक अन्तर्राष्ट्रिय मोबाइल फोन निर्माता कम्पनीका लागि हिन्दी भाषाको प्रणाली विकास गरिरहेको पनि उनले बताए । विशेषज्ञहरू बोलेरै चलाउन सकिने प्रविधि मोबाइलमा आएपछि भारतका ग्राीमण क्षेत्रमा सेवा विस्तार गर्न सहयोग पुग्ने बताउँछन् ।

0 comments for "आवाजले चल्ने मोबाइल I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!