Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

पूराना सुस्ताए पछि नयाँको खोजी I

Published on: Friday, January 20, 2012 //


अनुप भट्टराई, काठमाण्डौ, माघ ६,

 एकै समय चार हिरोईन रेखा थापा, अरूणिमा लम्साल, ऋचा घिमिरे, मेलिना मानन्धर र झरना थापा आमा बने के होला भन्ने प्रश्न गरियो भने उद्योगमा हिरोईनको खडेरी लाग्ने छ । जुन यथार्थमा परिणत पनि हुदैछ । अहिले तीन हिरोईन् मेलिना, अरूणिमा र संचिता आमा बनेर घरमा थन्किएका छन् भने ऋचा पनि आमा बन्ने तयारीले करिब एक बर्ष उनको फिल्मी सक्रियता घट्ने पक्का छ । बाँकि रहे झरना र रेखा ।

रेखा र झरनाको एक दशक फिल्मी यात्रा सफल भईसकेकाले अहिले सिनेमा उद्योगमा नव नायिकाहरूको खोजी भैरहेको छ । यो खोजीमा केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, नम्रता श्रेष्ठलाई दर्शकले रूचाए पनि फ्रेस अनुहारको खोजी अझै भैरहेको छ । नवनायिका भित्रने क्रममा आएका नीता ढुङ्गाना, सुमिना घिमिरे, रागिनी खड्गीले पनि पिकअप लिईरहेका छन् । तर आउन नपाई सन्यास घोषणा गरेकी अनुष्का ढकालले घरजम गरिसकेकाले नायिकाको लिष्टबाट उनी आउट भैसकेकी छिन् भने अन्य केहि नायिकाहरू सुस्ताउन थालेका छन् । त्यस्तै कोही बिदेश पलायन हुँदै र हुने शुरमा छन् । त्यसैले नयाँ नायिकाहरूको खोजी हुनु स्वाभाविक पनि देखिएको छ । प्रसङ्ग सुरू गरौ स्क्रिप्ट राईटर हुदै निर्देशकको परिचय बनाएका विकास आचार्यबाट ।

बिकासले जीवन लुईटेललाई जसरी कलिउड प्रवेश गराए त्यसैगरी गत बर्षको हिट सिनेमा 'नाई नभन्नु ल' बाट उनले ऋचा सिहं ठकुरीलाई भित्राए तर ऋचासंगको उनको यात्रा 'म तिम्रो भैसके' सम्म मात्र भयो । अहिले उनी फ्रेस नयिकाको खोजीमा छन् । हालै चलचित्र बिकास बोर्डका सदस्य पदमा नियूक्त बिकास नयाँ बर्ष २०७९ पहिलो साताबाट नयाँ फिल्म बनाउने तयारी गरेका छन् तर कथा अनुसारको हिरोईन नपाउदा उनी छटपटिरहेका छन् । बिकासलाई मात्र हैन लामो समय देखि कलिउडमा सक्रिय निर्देशक नरेश पौडेललाई पनि यो बर्ष हिरोइनको खाँचो पर्‍यो । फागुनको पहिलो साता देखि उनले बनाउने भनिएको फिल्म स्वीट ड्रिम्सका लागि उनले तीन हिरोईनहरू रजतपटमा डेब्यू गराउदैछन् तर विडम्बना नरेशले पनि भने जस्तो हिरोईन पाउन नसक्दा अहिले उनी हिरोईन खोज्दै पोखरा पुगेका छन् ।

अरूणिमा लम्सालसंग उनको यात्राको च्याप्टर क्लोज भएपछी नरेश अहिले आफूले डेब्यू गराएका दुई हिरोईन रेखा थापा र अरूणिमा भित्राए जसरी नयाँ अनुहार भित्राउने तयारीमा छन् । यस्तै छोटो समयमा निरन्तर फिल्म बनाईरहने निर्माताको लिष्टमा थपिएका अभिनेता रोज राणाले पनि ग्याङस्टार चलचित्र बनाउने तयारी पूरा गरिसकेका छन् तर फिल्मका लागि सुहाउदो हिरोईन नपाउदा उनको प्रोजेक्ट पनि अलपत्र परेको छ । फ्रेस हिरोईन नपाएपछी रोजले त गायिकाद्धय अञ्जु पन्त र आस्था विलाई समेत हिरोईनमा एप्रेच गरेका थिए । फ्रेस हिरोइन नपाएपछी आखिर किन गायिकामा आँखा लागाउनुभयो भन्ने प्रश्नमा रोज भन्छन्, 'नयाँ हिरोईन नै खोजेको त हैन तर मेरो फिल्मको कथा अनुसार हिरोईन गायिका हुने भएकाले चलेका गायिकालाई मैले हिरोईनमा लिने सोच बनाएको हो ।' हेरौ को हुने छ ग्याङस्टारको हिरोईन । 

रोज मात्र हैन मुम्बईमा बसेर केही टेलिफल्मको साहायक निर्देशनको अनुभव सगाल्दै गत बर्षदेखि कलिउड नगरीमा प्रवेश गरेका निर्देशक गणेश देव पाण्डेले पनि भने जस्तो हिरोईन नपाउदा उनको दोस्रो प्रोजेक्टको सुटिङ ढिला हुने लक्षण देखिएको छ । मालतीको भट्टी रिलिज हुने समयमा नयाँ चलचित्र मञ्जरीको प्रि–प्रोडक्सनमा ब्यस्त गणेशले मञ्जरीका लागि दर्जनौ मोडहलरूको अडिसन लिईसके तर पनि भने जस्तो हिरोईन पाउन नसकेपछी उनी अब राजधानीका विभिन्न कलेजमा गएर भने जस्तो फ्रेस हिरोईन खोज्ने सुरमा छन् । फिल्मीखबरसंग कुरा गर्दै गणेशले भने, 'कथालाई म्याच हुने क्यारेक्टर नपाउदा हैरान भैसक्यो । त्यसैले अबको केही दिनमै हामी हिरोईन खोज्न कलेज अडिसनमा जानेछौ ।' संसारकै नियम हो हिरोहरूको तुलनामा हिरोईनहरू मुस्किलले डेढ दशक भन्दा लामो समय लिडरोलमा टिकेको पाईदैन । त्यसैले पछिल्लो समय नयाँ नायिका लिएर थ्री लभर्स सिनेमा बनाएका निर्देशक सुरेश दर्पण पोखरेल नयाँ हिरोईनको खोजी आवश्यक रहेको र हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनले थ्री लभर्समा प्रियंका कार्की र पुजा शर्मालाई हिरोईन बनाए । तर प्रियंकालाई भने प्रशन्न पौडेलेले आफ्नो चलचित्रमा लिईसकेका छन् नयाँ अनुहारको रूपमा । यस्तै शबिर श्रेष्ठले पनि 'के म तिम्रो साथी बन्न सक्छु' बाट १६ बर्षे दिप्ती गिरीलाई नायिकाको रूपमा डेब्यू गराए । 

 सिनेमा उद्योगमा आफन्त र सिफारिसको भरमा कलाकार हुने प्रचलन एकातर्फ समस्याको रूपमा देखापरेको छ भने अर्को तर्फ हिरोईनसंगको निकटताले पनि उनीहरू एउटै निर्देशकका प्राय फिल्ममा रिपिट हुने गर्दछन् । कुनै समय निर्देशक सोभित बस्नेतको प्रोजेक्टमा देखिरहने रेजिना उप्रेती पनि यसपटक सोभितका दुई फिल्ममा देखा परिनन् । सायद सोभितलाई पनि फ्रेस हिरोईनकै महसुस भएर होला यिनले पनि केही नयाँ अनुहारलाई आफ्ना पछिल्ला प्रोजेक्टमा खेलाएका छन् । सोभितले यो बर्ष तिन वटा सिनेमा बनाए जस मध्ये बरदान रेजिनाको प्रोडक्सनमा भएकाले उक्त प्रोजेक्टमा रेजिना लिड रोलमा छिन् तर प्लान र दुलही रानीमा सोभितले राजेन्द्र खड्गीको छोरी रागिनीलाई लिड रोल दिए । 

 नव नायिका खोज्ने यि त प्रतिनिधि पात्र मात्र हुन् । सिनेमाको मुख्य सौन्दर्यतामा नयाँ हिरोईनको ज्वली लुक्सले समग्र सिनेमालाई एउटा नयाँ वेट दिने गर्छ । मिठा सपना बोकेर आउने नवनायिकाको बिषयमा कास्टीङ काउचका कुराहरू पनि उठ्ने हुदा सिनेमा उद्योग प्रति समाजको धारणा कहिले काही नकारात्मक बनेको पाईन्छ । नवनायिकाहरू आउने क्रमलाई स्वागत गर्नु पर्छ तर परिवर्तित यो उद्योगमा अभिनयलाई बुझेका र कलालाई सम्मान गर्ने कलाकारको खाँचो अझै देखिएको छ । स्वागत छ नयाँ नायिकाहरूलाई ! साभारः फिल्मिखबर

0 comments for "पूराना सुस्ताए पछि नयाँको खोजी I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!