फेसबुकको सर्वाधिक चर्चित विषय ‘लादेनको हत्या’ I
Published on: Friday, December 16, 2011 //
विज्ञान प्रविधि
– एजेन्सी, पुस २,
सन् २०११ मा फेसबुकमा सबै भन्दा बढी चर्चा के को भयो होला ? ८० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताले के विषयमा चर्चा गरे होलान् ? चर्चित सामाजिक सञ्जाल फेसबुकमा सन् २०११ मा सर्वाधिक चर्चा गरिएका विषय सार्वजनिक भएका छन् । सामाजिक सञ्जालहरुको अध्ययन गर्ने वेबसाइट म्यासेबलका अनुसार यो वर्ष फेसबुकमा ओसामा बिन लादेनको हत्याको सबै भन्दा बढी चर्चा भयो ।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी वल्र्ड ट्रेड सेन्टर ध्वस्त पारेपछि विश्वका सबै मानिसले चिन्ने पात्र बनेका बिन लादेन यो वर्ष भरि नै फेसबुकमा चर्चामा रहे । ‘पश्चिमी देशका लागि ‘अन्तर्राष्ट्रिय आतंकवादी’ बनेका उनी इस्लाम धर्ममा श्रद्धा राख्नेका लागि भने महानायक थिए’, म्यासेबलले लेखेको छ, ‘जिहादको नाममा विश्वका महाशक्ति राष्ट्रलाई उनले तस्राइरहेकोले उनी यो वर्ष सर्वाधिक चर्चामा रहे ।’ अल कायदाले मे ६ का दिन उनी मारिएको पुष्टि गरेको थियो ।
यस्तै छिमेकी देश भारतमा भने गान्धीवादी नेता अन्ना हजारे सबै भन्दा चर्चामा रहे । उनले भ्रष्टाचार विरुद्ध जनलोकपाल विधेयक ल्याउन गरेको आन्दोलनको भारतमा फेसबुक मार्फत निकै चर्चा भयो । यस्तै एप्पल कम्पनीका मालिक स्टिभ जब्सको चर्चा फेसबुकमा पाँचौ स्थानमा रह्यो ।
यस्तै लिबियामा सुरु गरिएको सैनिक कारबाही नवौँ स्थानमा छ ।