कसैले पनि बिहेको प्रस्ताव गरेनन् I
Published on: Friday, December 16, 2011 //
अन्तर्वार्ता
दीपा श्री निरौला, कलाकार
नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम तीतो सत्यकी कलाकार दीपा श्री निरौलालाई नचिन्ने कमै मात्र होलान् । सानैदेखि कलाकारितामा लागेकी निरौला आफ्नो प्रस्तुति देखाउन देश विदेशका धेरै ठाउँ पुग्नुभएको छ । प्रस्तुत छ, कलाकार निरौलासित अनलाइनखबरले गरेको अमेरिका संवाद ।
कहिले के सिलसिलामा जानुभएको थियो ?
कार्यक्रम प्रस्तुतिको क्रममा एक वर्षअघि त्यहाँ पुगेको थिएँ ।
अहिलेसम्म कतिपटक जानुभयो ?
त्यही एकपटक गएको हो । त्योबेला दुई महिनासम्म अमेरिका बसियो ।
नेपाली कलाकारहरुलाई पनि भेट्नुभयो होला ?
भेटें । सबैसित त भेट भएन । केही कलाकारहरुसित भेट भयो ।
उनीहरुको अवस्था कस्तो छ ?
राम्रो छ । जहाँ गएपनि कला मर्दैन भन्ने कुरालाई उहाँहरुले प्रमाणित गरेर देखाइदिनुभएको छ । कतै सांगीतिक कार्यक्रम भएको थाहा पाउने बित्तिकै उहाँहरु आफ्नो प्रस्तुति देखाउन पुग्नुहुन्छ । खोजी खोजी कार्यक्रममा जानुहुन्छ । नेपालबाट कोही गयो भने घरमा बोलाएर खुवाउनुहुन्छ । नेपालका अरु कलाकारहरुसित छुट्टिएर बस्नुपर्दा उहाँहरुले नरमाइलो महसुस त गर्नुभएको छ । तर आफ्नो कला र कलालाई मर्न दिनुभएको छैन ।
नेपालमा जस्तै चर्चा पाउन सकेका छन् त त्यहाँ कलाकारहरुले ?
नेपालमा जस्तो त किन हुन्थ्यो । यहाँ जस्ता नाम त छैन । तैपनि उहाँहरुले संघर्ष गर्नुभएको छ । आफ्नो कला देखाउने मौका पाइरहनुभएको छ । यहाँ जस्तो नभएपनि उहाँहरुले आफ्नो धर्म छोड्नुभएको छैन ।
तपाईंसित भेट हुँदा के भने त कलाकारहरुले ?
नेपाललाई धेरै ‘मिस’ गर्यौं भन्नुहुन्छ उहाँहरु । नेपालप्रति उहाँहरुको धेरै माया र श्रद्धा छ । मिश्रति प्रतिकृया छ । नेपालमा भएको भए यहाँ जस्तो दाम हुँदैन थियो भन्नुहुन्छ कोही । अनि नेपालमा हुँदा यहाँ भन्दा बढी नाम हुन्थ्यो भन्नेहरु पनि छन् । जे भएपनि उहाँहरुले नेपाललाई धेरै ‘मिस’ गर्नुभएको छ ।
तपाईंलाई चाहिं अमेरिकामा नै बस्न मन लागेन ?
त्यतिबेला लागेन मलाई । अहिले मेरो आवश्यकता यतै छ । त्यसैले मन गएन ।
भनेपछि पछि हुँदा उतै बस्ने मन हुन सक्छ ?
पछि के हुन्छ थाहा छैन । तत्काललाई चाहिं मेरो नेपालमा नै आवश्यकता छ ।
कति कलाकारले अमेरिकामै घरजम गरेर बसेका छन् । त्यहाँ पुग्दा कसैले बिहेको प्रस्ताव गरे की तपाईंलाई पनि ?
अहँ कसैले पनि गरेनन् । भोलिपर्सि के हुन्छ त्यो त थाहा छैन । तर पोहोर जाँदा कसैले पनि यस्तो प्रस्ताव गरेनन् । धेरै नेपालीहरुले यतै बस्नोस् कमाई राम्रो हुन्छ भन्नुभएको थियो । तर बस्न मन लागेन ।
अरु नेपालीको अवस्था कस्तो पाउनुभयो ?
अमेरिकामा धेरै नेपाली डीभी परेर गएका छन् । सबैजना खुशी नै छन् । तैपनि पछि ग्रीनकार्ड मिल्छ भनेर गएका, बिहे गरेर गएका र परिवार नलिइकन गएकाहरु चाहिं चिन्तित देखिन्छ । परिवारसित टाढा बस्नुपर्दाको पीडा छ उहाँहरुलाई । तैपनि यस्तै हुन्छ भनेर गएका हुनाले सबैले चित्त बुझाएकै छन् ।
नेपाल र अमेरिका तुलना गर्दा तपाईंले के फरक पाउनुभयो ?
प्राकृतिक वातावरणको हिसाबले नेपाल अमेरिका भन्दा राम्रो छ । तर अरु धेरै कुरामा अमेरिका राम्रो लाग्यो । त्यहाँ कामलाई सम्मान हुन्छ । कुनै भेदभाव छैन । राजनीति हस्तक्षेप पनि नहुने । स्थीर सरकारको कारण शासन प्रणाली मजबुत छ । नियम कानुन पनि बलियो । सबै उस्तै । सर्वसाधारण जनतादेखि राष्ट्रपतिसम्मलाई उस्तै नियम कानुन र प्रणाली भएकाले त्यहाँ कसैलाई भेदभावको महसुस नै नहुने रैछ । यो सानो काम, यो ठूलो काम भनेर तुलना पनि नहुने । यो कुरा मलाई त्यहाँको धेरै राम्रो लाग्यो । जुन कुरा नेपालमा पाउन मुश्किल छ ।
त्यहाँको के कुराले बढी प्रभावित बनायो ?
सबैभन्दा बढी मलाई त्यहाँको लाईफ स्टाइल मन पर्यो । आफ्नो टाइम टेबलमा हिंड्न पाईन्छ । सबैजना आआफ्नै कामधन्दामा व्यस्त छन् । कहिले कुनबेला के काम गर्ने निश्चित तालिका हुन्छ । सबैले त्यसको पालना गरेका हुन्छन् । सबैजना आआफ्नै कामधन्दामा व्यस्त छन् । कसैको बारेमा चासो राख्ने फुर्सद पनि हुँदैन । काम अनुसारको आम्दानी पनि राम्रो हुन्छ । जिन्दगी त अमेरिकाकै राम्रो जस्तो लाग्यो मलाई ।
अमेरिका रहँदा विर्सन नसक्ने कुनै क्षण ?
यहाँ हुँदा मैले हलिउडको बारेमा कुरा मात्रै सुनेको थिएँ । तर त्यहाँ हलिउड चलचित्रको ‘लाइभ सुटिङ’ हेर्ने मौका मिल्यो । देख्दै अचम्म लाग्दो अत्याधुनिक प्रवधिले मलाई निकै आकषिर्त बनायो । अर्को रमाइलो कुरा चाहिं समय मिलाउनको लागि मैले दुईटा घडी नै राख्नुपर्यो । एउटा नेपाली समयको लागि, अर्को अमेरिकाको समयको लागि ।
अमेरिका गएर त्यहाँको विकास निर्माणबारे धेरै कुरा हेरेर र्फकनुभयो । त्यहाँको जस्तै विकास नेपालमा सम्भव होला ?
अवश्य हुन्छ, तर त्यसको लागि सरकार र दलहरुसित इच्छाशक्ति हुनुपर्छ । सुशासन र स्थिर सरकारको आवश्यकता छ । सबैलाई नियम कानुन बराबरी हुनुपर्छ । कामको भेदभाव गर्न हुँदैन । यस्तो भएमा पक्कै पनि नेपालमा पनि अमेरिकाको जस्तै विकास सम्भव छ ।
अमेरिकामा जस्तै विकास भयो भने कोही पनि बिदेश पलायन हुँदैनन् त ?
आफ्नै देशमा राम्रो भयो भने पक्कै पनि कोही पनि बिदेश जानु पर्दैन । अहिले त शान्ति, सुरक्षा र सुशासन नभएकै कारण धेरै बिदेशमा भौंतारिन बाध्य हुनुपरेको हो । यहाँ जति गरेपनि कामको सम्मान हुँदैन, पैसा पनि हुँदैन, भेदभाव गरिन्छ । त्यसैले त विदेश जानुपर्ने बाध्यता भएको । नेपालमा भन्दा धेरै कुरामा राम्रो हुने भएकाले धेरैजना अमेरिका जस्ता देशहरुमा पलायन हुन बाध्य छन् । अमेरिकामा जस्तै राम्रो हुने हो भने कोही पनि पलायन हुँदैनन् । गएका पनि आफ्नै देशमा फर्किन्छन् ।अनलाइन खबर