फिलिपिन्समा विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या ४०० सय पुग्यो I
Published on: Saturday, December 17, 2011 //
बिश्वमा
पुष ३,
फिलिपिन्समा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४०० सय ३० पुगेको छ । सामुद्रिक आँधीका कारण आएको बाढीले दक्षिणी क्षेत्रमा धेरै असर पुर्याएको बीबीसीले जनाएको छ ।
ज्यान गुमाउने मध्ये सय जना मिन्डानाओ प्रान्तका छन् । अझै धेरै मानिस हराइरहेका र हजारौँ मानिस विस्थापित भएकाले ज्यान गुमाउनेको संख्या बढ्ने अधिकारीहरुले जनाएका छन् । आँधीका कारण फिलिपिन्समा भारी वर्षा हुँदा सबैजसो नदीहरुमा जलसतह निकै उच्च भएको छ ।
सरकारले उद्धारका लागि १० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।