Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

अमेरिकामा २० प्रतिशत महिला एक पटक बलात्कृत I

Published on: Thursday, December 15, 2011 //

एजेन्सी, पुस १,

अमेरिकामा झण्डै २० प्रतिशत महिलामाथि जीवनमा एक पल्ट बलात्कार या बलात्कारको प्रयास हुने गरेको एक अध्ययनले देखाएको छ । अमेरिका स्थित रोग नियन्त्रण केन्द्रले राष्ट्रब्यापी रुपमा गरेको सर्वेक्षणका क्रममा २५ प्रतिशत महिलामाथि आफ्नै श्रीमान या साथीले यौन हिंसा गर्ने गरेको पाईएको छ ।

महिला मात्रै नभई पुरुष पनि आफ्नो श्रीमती या साथीबाट यौन हिंसाको शिकार हुने गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । हरेक सय जना पुरुषमा सात जना पुरुष आफ्नै जीवनसाथीबाट बलात्कारको शिकार भएको पनि केन्द्रले जनाएको छ । केन्द्रले बिहीबार जारी गरेको प्रतिवेदन अनुसार हरेक मिनेटमा २४ वटा बलात्कार, हिंसा तथा जिस्क्याउने घटना हुने गरेका छन ।

यस्तै एक वर्षको अवधिमा १० लाख महिलाले बलात्कारको मुद्दा र सवा करोड पुरुष र महिलाले यौन हिंसाको उजुरी गरेका छन् । केन्द्रले बलात्कारको यो आँकडा चिन्ताजनक रहेको भन्दै बलात्कारको शिकार भएका महिला र पुरुष मानशिक रुपमा विक्षीप्त हुने र दीर्घ रोगी बन्ने जनाएको छ ।

0 comments for "अमेरिकामा २० प्रतिशत महिला एक पटक बलात्कृत I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!