Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

इराकमा आफ्नो सेना सफल भएको अमेरिकी राष्ट्रपति ओबामाको दावी I

Published on: Wednesday, December 14, 2011 //

एजेन्सी, मंसिर २९,

अमेरीकी राष्ट्रपति बाराक ओबामाले इराकमा अमेरिकी सेना सफल भएको दावी गर्नु भएको छ । नर्थ क्यारोलिनामा भएको एक कार्यक्रममा ओबामाले इराकको युद्ध समाप्तिको पछाडी अमेरिकी सेनाको गम्भीर र महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

इराकमा अमेरिकी सेनाले देखाएको बहादुरी सह्रानीय भएको उहाँको भनाई छ । १५ लाख अमेरिकी सेनाले इराकमा सेवा प्रदान गरेको उहाँले बताउनुभयो । इराक युद्धका बेला ४५ सय अमरिकी सैनिक मारिएका र झण्डै तीस हजार घाइते भएका पनि उहाँले बताउनुभयो ।

ओबामाले गत अक्टोबरमा गरेको घोषणा अनुसार इराकबाट सेना फिर्ता बोलाइएको हो । इराकको युद्ध अन्त्य भएकोमा अमेरिका अत्यन्तै खुशी भएको पनि ओबामाले बताउनुभयो ।

0 comments for "इराकमा आफ्नो सेना सफल भएको अमेरिकी राष्ट्रपति ओबामाको दावी I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!