Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

राजधानीमा निर्माणाधि आकाशे पुल भत्काउन लेखाको तेस्रो निर्देशन I

Published on: Thursday, December 8, 2011 // ,

काठमाडौ, मंसिर २२,

व्यवस्थापिका संसदको सार्वजानिक लेखा समितिले काठमाण्डौका विभिन्न स्थानमा निर्माणाधीन आकाशे पुल भत्काउन सरकारलाइ तेस्रो पटक निर्देशन दिएको छ । संसद सचिवालय सिहदरबारमा आज बसेको समिति बैठकले कलंकी र गंगबुमा निर्माणाधीन आकाशे पुल १५ दिनभीत्र भत्काउन नेपाल सरकार मन्त्रीपरिषद, स्थानिय विकास मन्त्रालय, भौतिक योजना मन्त्रालय र काठमाण्डौ महानगर पालीकालाइ निर्देशन दिएको हो ।

समितिले विगतमा दिएका निर्देशन कार्यान्वयन नभएकोले यसपटक मन्त्रिपरिषद्लाई नै निर्देशन दिइएको समिति सभापति रामकृष्ण ढकालले जानकारी दिनुभयो । समितिको निर्देशन विपरित इनोभेटिभ कन्सेप्ट नामक निर्माण कम्पनीले क्षतिपूर्ति दाबीका लागि कमसल सामाग्री प्रयोग गरेर निर्माण कार्य जारी राखेको भन्दै सभासद्हरुले आपत्ति जनाएका छन् ।

बैठकमा उपस्थित स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी र भौतिक योजना तथा निर्माणमन्त्री हृदयश त्रिपाठीले भने समग्र पक्षमा विचार गरेर मन्त्रिपरिषद बैठकले पुर्नविचार गर्ने बताउनु भएको छ । चीन सरकारको सहयोगमा ८ लेनको चक्रपथ निर्माणको तयारी भएको समयमा त्यसप्रतिकुल हुने गरी कुनै भौतिक पूर्वाधार निर्माण नगर्न लेखाले यसअघि पनि निर्देशन दिएको थियो ।


-रिपोर्टर्स क्लब

0 comments for "राजधानीमा निर्माणाधि आकाशे पुल भत्काउन लेखाको तेस्रो निर्देशन I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!