चिनिया राष्ट्रपतिको सेनालाई निर्देशनःयुद्धका लागि तयार रहनुस I
Published on: Wednesday, December 7, 2011 //
बिश्वमा
मंसिर २२,
चिनिया राष्ट्रपति हु जिन्ताओले युद्धका लागि तयार रहन सेनालाई निर्देशन दिनुभएको छ । सेनाका अधिकारीहरुको बैठकलाई सम्बोधन गर्दै हुले सैन्य क्षमता विस्तार गरी युद्धको दीर्घकालीन तयारी गर्न आग्रह गर्नुभएको हो ।
हुले सेनालाई तिब्र गतिमा रुपान्तरण तथा आधुनिकिकरण गर्न आवश्यक रहेको भन्दै राष्ट्रिय सुरक्षाको लागि कुनैपनि प्रकारको सैनिक संघर्षका लागि तयार रहन निर्देशन दिनुभयो । पछिल्लो समय साउथ चाइना सी को सिमाविवाद तथा अमेरिकासँग राजनीतिक तनाव बढ्दै गएका बेला चिनिया राष्ट्रपतिको पछिल्लो भनाई बाहिर आएको छ ।
फिलिपिन्स र भियतनामले साउथ चाइना सी क्षेत्रमा चिनले सिमा उल्लंघन गरेको आरोप लगाउने गरेका छन् । चिनिया राष्ट्रपतिको भनाईप्रति टिप्पणी गर्दै अमेरिकाले चिन प्रतिरक्षात्मक अवस्थामा रहेको बताएको छ ।