बिकास बैकंहरुले चर्काे ब्याजदर लिन थाले पछि सेबाग्रही मर्कामा I
Published on: Wednesday, December 7, 2011 //
अर्थ
नारायण सापकोटा,
चितबन मंसिर २१ -चितबनमा संचालित बिकास बैकंहरुले चर्काे ब्याजदर लिन थाले पछि सेबाग्रहीहरुले गुनासो गर्न सुरु गरेका छन् ।बिकाश बैकंहरुले आफ्नो मनोमानिबाट ब्याजदर बढाउने ,निती नियम परीर्बतन गर्ने जस्ता समस्याले ग्रहकहरु मर्कामा परेका हुन् ।बिकाश बैकंहरुको मुख्य ग्रहक बनेका सानो पुजि भएका मानिसहरुले गांउको भन्दा पनि बढी ब्याजदरमा ऋण लिनु परेको बताएका छन् । चितबनमा संचालिच बिभिन्न बिकाश बैकंहरुले २० प्रतिसत सम्म ब्याज लिने गरेका छन् ।
ब्याज संगै २ प्रतिसत सेबा शुल्क र १ प्रतिसत रकम बिना ब्याजको खातामा राख्नु पर्ने प्रबधान भएको कारण ग्रहकहरु ठुलो मर्कामा परेका हुन् ।यसरी हेर्दा गाउमा नै १ रुपैयाको ब्याजदरमा पैसा पाईने भए पनि बैकंबाट कारोबार गर्दा २ रुपैया भन्दा पनि बढी रकम ब्याज तिर्नु परेको नारायणगढका १ ब्यापारी भिम न्यूरेले बताउनु भयो ।यता बैकं तथा बित्तिय संस्था संघ चितबनका अध्यक्ष दक्ष प्रसाद श्रेष्ठले लगानि गर्न रकमको ब्याजदर साढे १५ प्रतिसत सम्म तिर्नु पर्ने भएको कारण चर्काको ब्याजदर लिन बिकाश बैकंहरु बाध्य भएको बताउनु भयो ।श्रेष्ठले अहिले लिएको ब्याजदर अहिले सम्मकै उच्च भएको पनि स्वृकार गर्नु भयो ।
अन्य क्षेत्रमा संगठित भएर दबाब दिने प्रचलन रहे पनि बित्तिय क्षेत्रमा त्यसो हुन नसक्दा बैकंहरुले मनोमानी गरेको अधिकारकर्मीहरुको भनाई छ ।