Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

फेसबुकको जस्तै नेपाली रुप संगालो डटकम I

Published on: Thursday, December 8, 2011 //

काठमाडौ, मंसिर २२,

अमेरिकाबाट सञ्चालित फेस बुक नेपालीमाँझ अत्यन्तै लोकप्रिय सामाजिक सञ्जाल हो । ईन्टरनेटमा पहुँच भएका नेपालीकालागी फेसबुक यूजटु जस्तो भईसके पनि अधिकांश नेपालीहरुलाई थाहाँ नहुन सक्छ नेपालीले नै फेसबुक भन्दा बढी सुविधासम्पन्न समाजिक निर्माण गरेर सञ्चालन गरिरहेका छन् भनेर । हो नेपालीले नै नेपालीहरुकालागी संगालो डटकम नामको सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका छन । प्रिन्सटन मिडियाले सञ्चालनमा ल्याएको सो सामाजिक सञ्जाल वेबसाइटमा प्रयोगकर्ताको गोपनीयतामा विशेष जोड दिइएको छ । उक्त साइटमा अकाउन्ट र वाल पोस्टिङमा फरक फरक ढंगले गोपनीयता सेट गर्न सकिने सुविधा पनि छ ।

त्यस्तै वेबसाइटमा वाल पोस्टिङ, गु्रप च्याट, प्राइभेट च्याट, भिडियो, संगीत लगायत प्रयोगकर्ताले आफ्ना सूचनाहरु पोस्ट गर्न सक्छन् । त्यसैगरी ग्रुप बनाउने, पेज बनाउने लगायत सुविधा छन् । प्वाइन्ट्स, किनबेच र उपहारको थप सुविधा छ । प्रयोगकर्ताले रजिस्ट्रेसन गरिसके पछि साइटमा गर्ने क्रियाकलापका आधारमा प्वाइन्ट थपिदै जान्छ । ती प्वाइन्टलाई प्रगयोगकर्ताले गिफ्ट पठाउने लगायत प्रायोजनका लागि प्रयोग गर्न सक्छन् ।

त्यस्तै गरी प्रयोगकर्ताले अन्य प्रयोगकर्ताका सामान किन्न र आफ्नो सामान बिक्रीका लागि राख्न सक्छन् । आन्तिम परिक्षण बाहिर ल्याइएको यो वेबसाइट एकैचोटि १० हजार भन्दा बढीले चलाउन सक्ने कम्पनीले दावी गरेको छ । सञ्चालनमा आएको एक महिनाभित्रै चार हजार सदस्य भएको मार्केटिङ म्यानेजर सुमन श्रेष्ठले दावी गरे ।

संगालो चलाउन प्रयोगकर्ता गर्नु पर्ने गतिविधी
१ कृपया पेज लोड गरिसकेपछी साईन अफ हियर भन्ने लिङकमा क्लिक गर्नुहोस ।
२ त्यसपछी आउने फर्म पुर्ण रुपमा भर्नुहोस र कन्टिनियसमा क्लिक गर्नुहोस । त्यसै गरी दोस्रो र तेस्रो पेज पनि भर्नुहोस ।
३ प्रोफाइल फोटो अप्लोड गरिसकेपछी सिष्टमबाट तपाईंको ईमेलमा भेरीफिकेसनको लागि ईमेल लिङक आउछ ।
४ अब तपाईंको ईमेल खोलेर उक्त लिङकमा क्लिक गर्नुस । अनि तपाइको ईमेल भेरीफाइ हुन्छ र तपाई लग इन गर्न सक्नुहुन्छ ।

कृपया केबल सही ईमेल आइडी मात्र प्रयोग गर्नुहोला अन्यथा तपाईंले आफ्नो ईमेल भेरीफाइ गर्न सक्नु हुन्न ।www.sangaalo.com

0 comments for "फेसबुकको जस्तै नेपाली रुप संगालो डटकम I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!