Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

भारतले सबै उत्पादनमा अतिरिक्त शुल्क हटायो I

Published on: Thursday, December 8, 2011 // ,

काठमाडौ, मंसिर २३,

भारतले नेपाली उत्पादनमा लाग्दै आएको अतिरिक्त शुल्क हटाएको छ । गत मंगलबार नयाँदिल्लीमा सम्पन्न वाणिज्य सचिवस्तरीय अन्तर सरकारी बैठकले उक्त निर्णय गरेको भारतीय दूतावासले जनाएको छ । भारतले १ सय ६२ वस्तुमा मात्र नभई सबै नेपाली वस्तुमा लाग्दै आएको अतिरिक्त शुल्क हटाएको हो, दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

बैठक लगत्तै वार्तामा सहभागी वाणिज्य सचिव पुरुषोत्तम ओझाले १ सय ६२ उत्पादनमा लाग्दै आएको अतिरिक्त शुल्क हटाएको प्रतिक्रिया दिएका थिए । 'अहिले व्यवसायीहरूले भने अनुसार १ सय ६२ हो र त्यसमा पनि कुनै छुटफुट रहेछ भने त्यसमा पनि हटेको हो,' ओझाले थप प्रस्ट पार्दै कान्तिपुरसित भने । दूतावासले पनि वस्तुको संख्या नतोकी 'सबै नेपाली उत्पादनमा अतिरिक्त शुल्क हटाएको' जनाएको हो ।

'वास्तविकता के हो भने,' दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'भारत सरकारले नेपाल सरकारको अनुरोधमा नेपालमा उत्पादित हरेक वस्तु निर्यात गर्दा लाग्ने ४ प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाएको छ ।'करिब दुई साताअघि दोहोरो कर नलाग्ने सम्झौता -डिटिएए) मा हस्ताक्षर गर्न नेपाल आएका भारतीय अर्थमन्त्री प्रणव मुखर्जीले यस्ता सबैखाले अतिरिक्त शुल्क हटाउने प्रतिबद्धता जनाएका थिए । दुई देशबीचको वाणिज्य सन्धि अनुसार कुनै पनि वस्तुमा कुनै पनि प्रकार शुल्क नलाग्ने व्यवस्था छ ।

नेपालको अन्तर्राष्ट्रिय बजारमा ६५ प्रतिशत हिस्सा ओगट्ने भारतसँगको घाटा बढ्नुमा अतिरिक्त शुल्क पनि कारक रहेको व्यवसायीहरूको गुनासो रहँदै आएको थियो । गत आर्थिक वर्षमा भारतसँगको व्यापार घाटा २ खर्ब १८ अर्ब रुपैयाँ छ । उक्त शुल्कको खारेजीले भारतीय बजारमा नेपाली वस्तुलाई बढी प्रतिस्पर्धी बनाउन सहयोग पुर्‍याउने नेपाली अधिकारीहरूले बताएका छन् । यसैगरी यसपटकको बैठकले कर दाबी गर्ने प्रक्रिया ड्युटी रिफन्ड प्रोसेड्युअर -डिआरपी) लाई व्यवहारमै खारेज गर्ने सहमति पनि भएको छ । डिआरपी हटाउन भारतले सोमबार नै नोटिफिकेसन अर्थात् सूचना जारी गरिसकेको छ ।

0 comments for "भारतले सबै उत्पादनमा अतिरिक्त शुल्क हटायो I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!