पाकिस्तान आतंकवादीको आश्रयस्थलः अमेरिका I
Published on: Saturday, December 10, 2011 //
बिश्वमा
मंसिर २५,
अमेरिकाले पाकिस्तान आतंकवादीको आश्रयस्थल बनेको आरोप लगाएको छ । अमेरिकी सेना प्रमुख जनरल मार्टिन डेप्सीले पाकिस्तानी भूमि आतंकवादीहरुले शरण लिने ठाउँ बनेकाले अफगानिस्तानमा आफुहरुको लडाईं प्रभावित भएको बताउनुभएको हो ।
राजधानी वासिङ्टनमा भएको एटलान्टिक काउन्सिलको बैठकमा बोल्दै डेप्सीले पाकिस्तानसँग सहकार्य गर्न नसकिने अवस्था आउन थालेको बताउनुभयो । पछिल्लोपटक नेटो सेनाको आक्रमणमा २४ जना पाकिस्तानी सेनाको ज्यान गएको विषयलाई लिएर अमेरिका र पाकिस्तानको सम्बन्ध चिसिएका बेला अमेरिकी सेनाप्रमुखको यस्तो भनाइ बाहिर आएको छ ।
अमेरिकाले पाकिस्तानमाथि यस्ता आरोप पटक पटक लगाउने गरेको छ । पाकिस्तानले भने आफुविरुद्ध गलत आरोप लगाउने काम अमेरिकाले नरोकेमा त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । उज्यालो नेटवर्क