Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

म हाइवेकी यौनकर्मी–ऋचा I

Published on: Friday, December 9, 2011 //

समीक्षकहरु उनलाई वैकाल्पिक धारकी नायिका भन्छन् । तर उनी स्विकार्दीनन् । उनको विचारमा जोकोहीले जुनसुकै फिल्म खेल्नुपर्छ भन्ने छैन । फस्ट लभुबाट फिल्म लाइनमा डेब्यु गरेकी उनै ऋचा शर्माले विभिन्न म्युजिक भिडियो फिल्म र सिरियलमा आफ्नो कला पस्किसकेकी छन् । उनी अभिनित मेरो लभ स्टोरी काठमाडौंका हलमा सातौ हप्तामा चलिरहेको छ ।

फिल्म चल्न हम्मेहम्मे भइरहेको अवस्थामा यो टिकाउले नै थाहा हुन्छ उनको कला । मेरो सिनेमा पपुलर आवार्ड डिजिटल सिनेमा आवार्ड राष्ट्रिय प्रतिभा पुरस्कार-२०६७ जस्ता आवार्डले सम्मानित भइसकेकी छन् उनी । नेपाल फिल्म टेक्निसियन एसोसियननेफ्टाको फेस अफ दि एअर-२०११ मा नोमिनेशनमा परेकी छन् उनी । फिल्मी अनुभवबारे एभरेष्ट टाइम्सका नेत्र मोक्तानले उनीसँग गरेको कुराकानीः

मेरो लभ स्टोरी मा दर्शकको कमेन्ट कस्तो आयो ?
पहिलो फिल्म फस्ट लभु मा राम्रो गरेकी थिए । यसमा पनि राम्रै गरेको छु । दर्शकको आशा पहिलोमा भन्दा पछिल्लो फिल्ममा हुंदोरहेछ । धेरै आशा राखेकोले पनि हुन सक्छ मिश्रित प्रतिक्रिया आए ।

दर्शकबाट कस्तो कमेन्ट चाहानुहुन्छ ?
नेगेटिभ् पोजिटिभ् दुबै । सुधि्रन नेगेटिभ कमेन्ट पनि आउनुपर्छ । कान्तिपुर टिभीबाट प्रसारण भइरहेको ुहाम्रो टिमु हेरेर कमेन्ट गर्ने दर्शक धेरै छन् । त्यो पनि अमेरिकाबाट । मलाई आएका कमेन्ट मध्ये ९० प्रतिशत राम्रो छ भन्ने थिए ।

हाम्रो टिमु मा कोचको भुमिकामा हुनुहुन्छ गाह्रो भएन र ?
मलाई भुषण दाहालसँगै काम गर्ने मन थियो । हाम्रो टिमु जस्तो च्यालेन्ज भएको फिल्ममा त झनै राम्रो हुने आशा थियो । तर कोच गर्नुपर्दा शुरुका दिनमा निकै गाह्रो भयो । निराश भए । तर पछिल्ला दिनमा राम्रो हुदै आयो र आशा जगायो ।


कोच बन्न कसरी सिक्नुभयो ?
म फुटबलकी फ्यान हुँ । हाम्रो टिमु सुटिङअघि ४० दिन फुटबल खेले । दैनिक ४ घन्टा केटाहरुसँगै उनीहरुसरह फुटबल खेले । त्यहीबेला कोचको काम जाने ।

पर्दाबहिर केटी कोच कही देख्नुभएको छ संसारमा ?
मलाई जानकारी भएन । तर मैले हेरेको बिकी क्रिस्टीना बार्सिलोना फिल्ममा भने केटी कोच थिइन् ।

अरु फिल्म आउदैछन् तपाईको ?
मैले दुइ वर्षमा चारवटा फिल्ममा काम गरेको छु । दुइटा रिलिज भइसक्यो । लुट र हाइवे रिलिजको तयारीमा छ । भिसा गर्लु सुटिङको तयारीमा छ ।


लुट कहिले आउदैछ ?
जनवरी १३ मा रिलिज हुन्छ । यो खास गरी नेपाली युवाहरुको कथा समेटेको छ । केटी पात्र निकै कम छन् । मुख्य भुमिकामा म एक्लै । केटाहरुको कथा बोकेको फिल्म हो यो ।


हाइवे नि ?
यसको फिक्स भइसकेको छैन ।


हाइवेको केही कथा सुनाइदिनुस न ?
यो नेपाली हाइवेको कथा हो । इलामबाट काठमाडौं फर्कदा बाटोमा बन्द हुन्छ । बन्द भएका दिनहरु हाइवेमा कसरी वित्छन् र के कस्ता सुविधाहरु हाइवेमा हुन्छन् यस्ता कुरा फिल्ममा छन् । हाइवेमा नेपाली महिलाको पीडा पनि पोखिएका छन् । फिल्ममा म सेक्सुअल वर्करुको भुमिकामा छु ।

यस्तो भुमिका निभाउन कसरी सिक्नुभयो ?
फस्ट लभमा पनि म डान्सरको भुमिकामा थिए । त्यहीबेला देखि सेक्सवर्करबारे जान्न खोजेकी थिए । डान्समा जानु नेपाली परम्पराविरोधी थियो । साथीहरु मार्फत सेक्सवर्कर र डान्सरसँग भेटी उनीहरुको अनुभव र वाध्याताको अध्ययन गरे । त्यसपछि सजिलै भयो ।


हाइवे त अमेरिकामा पनि चल्ने हल्ला छ रिलिज हुदाँ आउनुहुन्छ यता ?
कुनै फिल्म रिलिज हुदाँ फिल्मको नायकनयिका हुनु निकै राम्रो मान्छन् दर्शकले । त्यसैले सायद् निर्माण पक्षले ल्याउलन् भन्ने आशा छ । मलाई पनि अमेरिका आएर केही दिन घुम्ने इच्छा छ । स्रोत : एभरेष्ट टाइम्स

0 comments for "म हाइवेकी यौनकर्मी–ऋचा I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!