Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

सिरियामा एक हजार भन्दा बढी राजनीतिक बन्दी रिहा

Published on: Wednesday, November 16, 2011 //

एजेन्सी, मंसिर १,

प्रदर्शनकारीमाथि भईरहेको प्रदर्शन रोक्न बढ्दो अन्तर्राष्ट्रिय दबावका बिच सिरियाले १ हजार भन्दा बढी राजनीतिक बन्दी रिहा गरेको छ । प्रदर्शनकारी र सरकारी सेनाबीच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भईरहँदा सिरीया सरकारले ठूलो संख्यामा बन्दी रिहा गरेको हो ।

अरब लिगको सदस्यता निलम्बनसँगै अरब देशहरुबाट अझै ठूलो असहयोग हुन सक्ने आशंकामा सिरिया सरकारले केही लचकता देखाएको हुनसक्ने विश्लेषकहरुले बताएका छन् । सरकार विरोधी प्रदर्शनकारी र सरकारी सेनाबीच मंगलबार भएका हिंसात्मक झडपमा कम्तीमा ७० जनाको ज्यान गएको छ ।

यसैबीच सिरियासंग निकट मानिने छिमेकी देश टर्कीले पनि हिंसा अन्त्यका लागि पहल नभए बिजुली आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ । टर्कीका प्रधानमन्त्री रेसेप अर्डोगानले नागरिकको रगतले ईतिहास लेख्न नसकिने प्रतिक्रिया दिएको बिबिसीले जनाएको छ ।

0 comments for "सिरियामा एक हजार भन्दा बढी राजनीतिक बन्दी रिहा"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!