Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

सिरियालाई हिंसा रोक्न अरब लिगको तीन दिने अल्टिमेटम

Published on: Thursday, November 17, 2011 //

एजेन्सी, मंसिर २,

अरब लिगले देशमा जारी हिंसा रोक्न सिरिया सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ । लिगले तीन दिन भित्र नागरिक माथिको दमन रोक्न र लिगले तोकेका अनुगमनकर्तालाई संघर्षका क्रममा भएका हिंसाको छानबिनका लागि देशभित्र प्रवेश गर्ने अनुमति दिन सिरिया सरकारलाई भनेको छ ।

लिगका सदस्य राष्ट्रहरुको मोरक्कोमा बसेको बैठकका क्रममा निकालिएको बक्तब्यमा तोकिएको समय भित्र सिरियाले समस्या समाधानका लागि कुनै प्रयास नगरे कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिईएको छ । बैठकमा सिरियाली नागरिकको सुरक्षाका लागि तत्काल कदम चाल्ने सहमति भएपनि सदस्य राष्ट्रहरु सिरियामा कुनै पनि किसिमको विदेशी हस्तक्षेपको पक्षमा भने नरहेको स्पष्ट पारेका छन् ।

यसैबीच ईरानले सिरीयालाई दबाब दिन अरब लिगले अपनाएको बाटो शंकास्पद रहेको भन्दै आफु सिरीयामाथिको बाहिरी हस्तक्षेपको विरुद्ध रहेको बताएको छ ।

0 comments for "सिरियालाई हिंसा रोक्न अरब लिगको तीन दिने अल्टिमेटम"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!