Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

अमेरिकाद्वारा १ घण्टाभित्र संसारको जहाँसुकै आक्रमण गर्न सक्ने बमवाहक विमान निर्माण

Published on: Saturday, November 19, 2011 //

एजेन्सी, मंसिर ३,

अमेरिकाले एक घण्टा भित्र संसारको जुनसुकै ठाउँमा आक्रमण गर्न सक्ने शक्तिशाली बमवाहक विमान बनाएको छ । हाइपरसोनिक नाम दिइएको यो विमानको अमेरिकाले सफल परीक्षण गरेको छ ।

यो बमवाहक विमान प्रतिघण्टा ६ हजार किलोमिटर उड्न सक्छ जुन गती ध्वनिको भन्दा पाँच गुना धेरै हो । परिक्षणका क्रममा बमवाहक विमानले २ हजार ३ सय किलोमिटरको दूरी आधा घण्टामा पार गरेको पेन्टागनका एक प्रवक्ताले बताएका छन् ।

यो बमवाहक विमान बनाउन ६ करोड ९ लाख अमेरिकी डलर खर्च लागेको अधिकारीहरुले जनाएका छन् । यसअघि सन् २००४ मा अमेरिकाले पाइलट रहित हाइपरसोनिक एक्स फोर्टी थ्री ए बमवहाक विमानको सफल परिक्षण गरेको थियो भने गएको अगस्टमा गरेको सुपरसोनिक बमवाहक विमानको परीक्षण भने विफल भएको थियो ।

0 comments for "अमेरिकाद्वारा १ घण्टाभित्र संसारको जहाँसुकै आक्रमण गर्न सक्ने बमवाहक विमान निर्माण"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!