Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

अब किताब पढ्ने कलम

Published on: Sunday, November 27, 2011 //

सबैलाई थाहा छ कलमको काम लेख्ने हो । कलमले लेखेको कुरा मान्छेले पढ्ने गर्छ । तर अब कलमको काम लेख्नमा मात्र सिमित छैन । भारतमा यस्तो कलमको विकाश गरिएको छ जसले लेख्ने होइन किताब पढेर तपाइँलाई सुनाउँछ ।

भारतको भोपालमा शिक्षा क्षेत्रमा काम गरिरहेको एक सस्थाले तयार पारेको यो विद्युतिय कलम वास्तवमा विशेष प्रकारको डिभाइस हो जसमा एमपिआर अर्थात् मल्टिमिडिया प्रीन्ट रीडर हुन्छ । जब यो डिभाइसलाई किताबको पाना नजिक पुराइन्छ तब किताबमा लेखिएका शव्दहरु यसमा जोडिएको सानो स्पिकरबाट सुनाउन सुरु गर्छ ।

किताब पढेर सुनाइदिने कलमको आविष्कार शिक्षा क्षेत्रमा ठूलो उपलब्धी भएको सस्थाको दाबी छ । यसबाट साना बच्चाहरुमा किताबप्रतिको रुची बढ्ने तथा अनुवादको समस्या पनि हल हुने विश्वास लिइएको छ । अनलाइन खबर

0 comments for "अब किताब पढ्ने कलम"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!