Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नेपाली रुपैयाँ नेपालमै चल्दैन्

Published on: Sunday, November 27, 2011 //



महोत्तरी, मंसिर १२,

महोत्तरीको पश्चिमदक्षिण सीमामा अवस्थित नेपाली भू-भाग तथा नेपाली गाउँबस्तीमा नेपाली पैसा चल्दैन्। महोत्तरीको दसगजा वारिपारी रहेको वथनाहा गाउँ विकास समितिमा नेपाली रुपैयाँ नचलेको स्थानीय बासिन्दा असिमकुमार दुबेले बताउनुभयो। वथनाहा गाविस भारतको विहार राज्य अन्तर्गत सीतामढी जिल्लाको वथनाहा पञ्चायतको भू-भागसँगै जोडिएको महोत्तरीको सबभन्दा नजिक दसगजा भएको स्थान हो।

यस गाविसमा लाग्ने बजार पनि दसगजामै हो भने नेपाली र भारतीय दुबै देशवासीलाई एकअर्काको गाउँठाउँमा आवतजावत गर्नका लागि पनि दसगजाले नै बाटोको काम गरेको छ। यस गाविसका हरेक घरमा निजामती कर्मचारीदेखि लिएर नेपाल सरकारको हरेक क्षेत्रमा ठूलोठूलो पोस्टमा कार्यरत विभिन्न तह तपकाका व्यक्तिहरु रहेका छन् भने नेपाल र भारत दुबै देशमा ठुल्ठूला व्यापार व्यवसायमा समेत यहाँका मानिसहरुले आफ्नो प्रभुत्व कायम गरेको छ। वथनाहाका नागरिकले नेपाली पैसा कमाए पनि यहाँको हाट बजार तथा सामाजिक लेनदेन शिक्षादीक्षा बिहे व्रतबन्धलगायतका प्रत्येक काममा भारतीय पैसा नै प्रयोग हुने गरेको स्थानीय सुधीर रायले बताउनुभयो।

यहाँका बजारमा भारत नेपाल दुबै देशका व्यक्तिले पसल बजार थापेका छन् भन्ने यस बजारमा अधिकांश भारतीयको भीड रहने गरेको सोही ठाउँका पसले लालेन्द्र दुबेले बताउनुभयो। वथनाहावासीले आफ्नै देशमा माल समान खरिद गर्नुपर्दा भारतीय पैसा तिर्नु परेको स्थानीय बुद्धिजीवी अनिल रायले बताउनुभयो। वथनाहा नेपालको भूमिमा भए पनि भारतीय भूमि भएको बुझिन्छ भने सो ठाउँवासीले नेपाली भएको अनुभूति गरे पनि सामाजिक र व्यावहारिक रुपमा भारतीय रहनसहन र बानी व्यहोरा अँगालेको आभास हुन्छ। यहाँका निरक्षर बूढापाकाहरु नेपाली पैसा पनि चिन्दैन भने बच्चाहरुले कसैले नेपाली पैसा दिएमा कागजको टुक्रा सम्झेर फालिदिने गरेको राजनीतिकर्मी ललन रायले बताउनुभयो। नेपालकै भूमिमा नेपाली पैसा नचल्नु अचम्मको कुरा भए पनि वथनाहावासीको लागि यो सामान्य कुरा रहेको छ । रासस

0 comments for "नेपाली रुपैयाँ नेपालमै चल्दैन्"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!