Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes
Friday, April 11, 2025

शिवराम तेह्रौंपल्ट च्याम्पियन

Published on: Wednesday, September 28, 2011 //

काठमाडौ, आश्विन १२,

शिवराम श्रेष्ठले व्यावसायिक गल्फको यात्रा चार वर्ष पूरा नहुँदै १३ औं उपाधिका रूपमा बुधबार स्वणिर्मा ओपन जितेका छन् । चार वर्षअघि बैंककमा प्रो टर्न भएका उनले चिरपरिचित प्रतिद्वन्द्वी रवि खड्कालाई दुई स्ट्रोकले हराएर सूर्य नेपाल गल्फ टुर २०११/१२ मा दोस्रो र प्रो करिअरको १३ औं उपाधि कब्जा गरेका हुन् । सन् २००७ डिसेम्बरको सीएमएस ओपन उनको पहिलो उपाधि हो । त्यसयता दर्जन ट्रफी उनले सूर्य नेपाल गल्फ टुरमा हात पारेका हुन् । सर्वाधिक सफल नेपाली प्रो शिवरामले एमेच्योर छँदै वेस्टर्न ओपन-२००५ को मुख्य ट्रफी चुमेका थिए ।

अन्तिम दिन इभन पार ६७ स्कोर गरेका उनी ५४ होलको स्वणिर्मा ओपनमा समग्रमा ४ अन्डर १ सय ९७ मा रहे । पार ६७ को आरएनजीसीमा १ ओभर ६८ खेलेका रविको समग्र स्कोर रमेश अधिकारी समान २ अन्डर १ सय ९९ रह्यो ।

रोमाञ्चक प्रतिस्पर्धा

रवि एक समय शिवरामलाई एक स्ट्रोकले पछि पार्दै शीर्षमा उक्लेका थिए । एक स्ट्रोकअघि रहँदै खेल सुरु गरेका शिवराम सुरुआती दुई होलमा बोगीमा परे । पहिलो होलमै इभन पार खेल्दै रविले कुल ४ अन्डरको स्थितिमा शिवरामसँग बराबरीमा पुगेका थिए । दोस्रो होल पनि इभन खेल्दै रविले अग्रता लिए । पार ५ को चौथो होलमा रविले पार खेलेपछि शिवराम बर्डी प्रहार गर्दै फेरि बराबरीमा पुगे । पार ३ को पाँचौं होलमा रवि बोगीमा परेपछि पारमा टुंग्याउँदै शिवराम एक स्ट्रोकले अघि बढे । त्यसपछि उनी कहिल्यै पछि र्फकनुपरेन । दुवैले छैटौंमा बर्डी आत्मसात् गरे ।

सातौं होलमा बर्डी गर्दै शिवरामले अग्रता दुई स्ट्रोक बनाए । त्यसमा रविले पार खेले । लगातार तेस्रो दिन वषर्ाले प्रभावित खेलमा उक्त अग्रता जोगाउँदै शिवरामले १३ औं उपाधि जितेका हुन् । उनीसँगै अन्तिम होलमा बोगीमा परेपछि रवि रमेशसँग उपविजेताको पुरस्कार बाँड्न बाध्य भए । ब्याक नाइनमा गरेको ४ बर्डीको सहयोगमा दिनकै उत्कृष्ट २ अन्डर ६५ स्कोर गर्दै रमेशले रविलाई भेटाएका थिए । दुवैको पोल्टामा ३५ हजार ७ सय ५० रुपैयाँ पर्‍यो । कुल ३ लाख रुपैयाँ पुरस्कारको स्वणिर्मा ओपनमा शिवरामले ६० हजार रुपैयाँ हात पारे ।

बलियो आत्मविश्वास

चार महिना अन्तरमा निरन्तर दुई उपाधि चुमेका शिवरामले भने, 'राम्रो लयमा भएकाले पछि पर्दा पनि उपाधि जित्नेमा विश्वस्त थिएँ ।' लगातारको झरीले राम्रो खेल्न गाह्रो भएको २८ वषर्ीय प्रोले भने, 'प्रतियोगिता ७-८ अन्डरमा टुंग्याउने योजना थियो, त्यसमा वर्षँ बाधक रह्यो । त्यसैले सुरक्षित खेल्नुपर्‍यो ।' तीनै दिन शिवराम पछ्याएका ३५ वर्षिय रविले भने, 'मौका धेरै पाएको हो । तर मैले राम्रो खेल्न सकिनँ । अग्रता लिएको फाइदा लिन सकिनँ ।' पार ३ को पाँचौं होलको टि-शटमा बल गि्रनमा राख्न नसकेकाले बोगीमा परेपछि खेलमा र्फकन गाह्रो भएको उनले बताए । 'पटिङ पनि राम्रो भएन । नजिकका ७-८ पट मिस गरें,' उनले भने ।


गोर्खा एमेच्योर विजेता

गोर्खा लामा समग्रमा २० ओभर २ सय २१ खेल्दै एमेच्योरतर्फ विजेता भए । उनले अन्तिम दिन ७१ स्ट्रोक खेले । एमेच्योरमा दिनेश प्रजापति उपविजेता भए । गोर्खासँग एक स्ट्रोक अन्तरका उनले तेस्रो दिन ६ ओभर ७३ को कार्ड बनाए ।


शीर्ष दसः

१९७-शिवराम श्रेष्ठ,

१९९-रवि खड्का, रमेश अधिकारी,

२०४-दीपक थापामगर, २०७-सञ्जय लामा,

२०८-मणि राई, दीपक न्यौपाने, २११-यलम्बरसिंह अधिकारी, २१२-राम थापा,

२१४-पशुपति शर्मा र सूर्यप्रसाद शर्मा ।


राजु घिसिङ/कान्तिपुर




0 comments for "शिवराम तेह्रौंपल्ट च्याम्पियन"

Leave Reply

आफ्नो एक मात्र छोरी कवितालाई नायिका करिश्मा मानन्धर र उनका श्रीमान् बिनोद मानन्धरले अमेरिका पठाएका छन् । करिश्मा र बिनोदले छोरी कवितालाई वु...

विश्व

निशुल्क औषधीले ७० जनाको ज्यान गयो I

एजेन्सी,पाकिस्तानमा नक्कली औषधीका कारण ज्यान गुमाउने संख्या ७० पुगेको छ । पंजाब प्रान्तमा सरकारले उपलब्ध गराएको निशुल्क औषधीका कारण ज्यान ग...

नाईजेरियामा भएको सिलसिलाबद्ध बम विष्पोटमा मर्नेको संख्या एकसय ५० पुग्यो I

एजेन्सि, माघ ८,नाईजेरियाका दोश्रो ठूलो शहर कानोमा गत शुक्रवार भएको सिलसिलाबद्ध बम विस्फोटमा मारिनेको सख्या करिव १५० पुगेको छ । अस्पताल...

बम विष्फोटनमा सात जनाको ज्यान गयो, ५० भन्दा बढी घाईते I

एजेन्सी, माघ ७, नाईजेरियाको कानो शहरमा प्रहरी कार्यालय लगायत महत्वपूर्ण ठाउँमा श्रृंखलावद्ध बम विष्फोट हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ...
  • प्यालेस्टाइनका सभामुख ईजरायलको कब्जामा I
  • हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I
  • अमेरिकी दूतलाई पाकिस्तानमा अस्वीकार I
  • पाकिस्तानमा सरकार-सेना विवाद चर्कियो I
  • पाकिस्तानमा सडक दुर्घटनामा सांसदको मृत्यु I
  • सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I
  • उड्दै गरेको हट एयर बेलुन बल्यो, पाइलट र ५ जोडीको मृत्यु I
  • Feed!

    विज्ञान प्रविधि

    गुगलको कमाइ सोँचेभन्दा कम I

    पछिल्लो तथ्यांकले इन्टरनेट कम्पनी गुगलको कमाइ अपेक्षा भन्दा कम भएको देखाएको छ । सन् २०११ को पछिल्लो त्रैमासिकमा गुगलको राजस्व वृद्धि २७ प्र...

    आवाजले चल्ने मोबाइल I

     एजेन्सी, नयाँदिल्ली, मोबाइल धेरै चलाउँदा औलामा समस्या भएको छ भने केही समय पर्खनुहोस् । भारतमा बोलेरै मोबाइल एसएमएस लेख्न सकिने प्रविध...
  • एनसेलको ग्राहक संख्या ७० लाख नाघेको अवसरमा ७ जना ग्राहकलाई १० लाख रुपैयाँका दरले नगद पुरस्कार दिने I
  • मानवीय स्वभाव अनुसार काम गर्ने ल्यापटप आउने I
  • टि्वटरले गुगलको परिवर्तनमा आलोचना I
  • भारतमा फेसबुकलाई प्रतिवन्ध लगाउने चेतावनी I
  • कहिले हट्छ क्यालेण्डरबाट एक महिना ?
  • RSS Feed!

    प्रवास

    हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I

    एजेन्सी, माघ ६,शान्ति स्थापनाका लागि खटिएको नेटो सेनाको हेलिकोप्टर अफगानिस्तानमा दुर्घटना हुँदा ६ जना अमेरिकी सेनाको ज्यान गएको छ । बिहीबार...

    सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I

    एजेन्सी, पुस २४, सीरियाको छुट्टा छुट्टै स्थानमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । स्थानिय समन्वय समितिका अनुसार हो...
  • आत्मघाती बम आक्रमणमा ६ सुरक्षाकर्मीको ज्यान गयो I
  • प्रदर्शन भड्काउन अमेरिकाको हातः रुसी प्रधानमन्त्री पुटिन I
  • इजिप्टमा हिंसा चर्कियो
  • RSS Feed!

    मनोरञ्जन

    प्रियिमरसंगै परिचयको दौड I26 Jan 2012

    काठमाण्डौ, माघ १३, मुम्बई हानिए पश्चात परिचय मार्फत नेपाली सिनेमामा कमब्याक भएका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र परिचय शुक्रबारदेखि दे...

    अभिनेत्री सुशिला रायमाझीको निधन I26 Jan 2012

    काठमाण्डौ, लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो...

    Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
    Feed!

    अन्तर्वार्ता

    'मिस यू' प्रेमको परिभाषा दिने चलचित्र हो : निर्माता/नायक दिलिप रायमाझी I

    नेपाली चलचित्र क्षेत्रमा कुशल अभिनेताको रूपमा दिलिप रायमाझीको नाम अग्रपंक्तीमा नै पर्दछ । दर्पणछायाँबाट एकाएक चम्किएका यि नायक अहिले पुन: द...