Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नेपाल-बंगलादेश रेल अध्ययन सुरु

Published on: Wednesday, August 31, 2011 // ,

काठमाडौ, भाद्र १५ - नेपालबाट भारत हुँदै बंगलादेशसम्म मालबाहक रेल सेवा सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । सार्क सचिवालयमा भएको नेपाल, बंगलादेश र भारतका सरकारी प्रतिनिधिले कन्करलाई बिहारबाट वीरगन्ज, काँकडभिट्टा, वेस्टबंगाल हुँदै बंगलादेश जोड्ने रेलको सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिएको छ ।

'वीगरन्जबाट भारतको रोहनपुर सिंगावाद भएर ढाकासम्म मालबाहक रेल सञ्चालनका लागि अध्ययन गरिने सहमति भएको छ,' छलफलमा सहभागी भौतिक योजना मन्त्रालयका सहसचिव कमल पाण्डेले भने, 'यसको व्यावसायिक सम्भाव्यताको अध्ययनका लागि भारतीय कम्पनीलाई जिम्मा दिइएको छ ।' यसमा बंगलादेश रेलवेले पनि सहयोग गर्ने छ ।

तत्कालका लागि बंगलादेशको मुलाडुली स्टेसनसम्म मात्र रेलवे सेवा सञ्चालन गर्ने गरी अध्ययन गर्न तीनै पक्ष सहमत भएका छन् । भारत र बंगलादेशबीच गेडे-दर्शना, पेट्रापोल-बेपापेले, सिंगावाद- रोहनपुरजस्ता वैकल्पिक रुटमा मालबाहक रेल सञ्चालनको अध्ययन गरिने जनाएको छ । नेपालको सुरुवात वीरगन्जबाट हुने तर पछि विराटनगरलाई वैकल्पिक रुटका रूपमा लिने नेपाली पक्षको प्रस्तावपछि त्यसको पनि अध्ययन हुने भएको छ ।

बंगलबन्ध स्टेसनबाट ट्रकमा मालसामान ढाका पुर्‍याउनेबारे पनि छलफल भएको थियो । गत वर्ष नयाँदिल्लीमा भएको यातायात मन्त्रालयको उच्चस्तरीय वार्ताले राखेको कार्ययोजनाअन्र्तगत यो काम भएको हो । उक्त बैठकले सुरुमा तीन मुलुक हुँदै पाकिस्तान र अफगानिस्तानलाई पनि जोड्ने योजना बनाएको थियो । - कान्तिपुर बाट

0 comments for "नेपाल-बंगलादेश रेल अध्ययन सुरु"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!