Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes
Wednesday, April 09, 2025

पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

Published on: Saturday, September 3, 2011 // ,

काठमाडौं, भदौ १७ नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड-२०६७ का लागि मनोनित खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। भदौ २५ गते हुने स्पोर्टस अवार्डमा मञ्चले विभिन्न आठ विधामा खेलकुदकर्मीलाई पुरस्कृत गर्दैछ।

मञ्चका सचिव महेश आचार्यको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले शनिबार वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवाका साथै वर्षको उत्कृष्ट प्रशिक्षकको अन्तिम नामवाली घोषणा गरेको हो। छनोट समितिका सदस्यमा मञ्चका उपाध्यक्ष विनोद पाण्डे, हिमेश बज्रचार्यका साथै उज्जवल आचार्य र प्रजित शाक्य छन्।
अर्को हप्ता हुने स्पोर्टस अवार्डमा यी चार विधाका साथै स्पेशल अवार्ड, पारा एथ्लेट अवार्ड, लाइफ टाइम अवार्ड र पपुलर अवार्डलाई पुरस्कृत गरिदै छ। पछिल्लो चार मध्येको तीन विधाको अवार्डका दिन एकै पटक विजेता घोषणा गरिने छ। एसएमएस बाट विजेता घोषणा गरिने पपुलर अवार्डको मञ्चले यसअघि नै छनोट सार्वजनिक गरिसकेको छ, जसमा बक्सिङका दीपक महर्जन, फुटबलको सागर थापा, भलिबलकी सिपोरा गुरुङ, क्रिकेटका राहुलकुमार विक र पौडीकी श्रेया धिताल छन्।

वर्ष पुरुष खेलाडीमा बक्सिङका दीपक महर्जन, फुटबलका रोहित चन्द, क्रिकेटका राहुलकुमार विक, बुद्धिचालका विलमलाल श्रेष्ठ र शारिरिक सुगठनका श्याम श्रेष्ठ छन्। वर्षको महिला उत्कृष्ट खेलाडीको मनोनयनमा फुटबलकी जमुना गुरुङ र अनु लामा, टेनिसकी अस्लेसा लिसानेभिच, तेक्वान्दोकी मनिता शाही र एथ्लेटिक्सकी कान्छीमाया कोजु छिन्। यो दुई विधाको विजेताले पल्सर मोटरसाइकल पाउने छ।

अन्य ६ विधाको विजेताले नगद ३० हजारको साथै डिस होम टिभीको जडान, टाइमेक्स घडीका साथै अन्य उपहार पाउने छ। शनिबार घोषणा गरिएको युथ विधामा क्रिकेटका पृथु बाँस्कोटा, नेरी थापा, सरिता मगर, जुडोकी फुपु ल्हामु खत्री र टेबुलटेनिसकी अनिश श्रेष्ठ तथा प्रशिक्षकमा क्रिकेटका श्यामसन जंग थापा र जगत टमाटा, फुटबलका ध्रुब केसी, बक्सिङका प्रचण्ड शर्मा र शारिरिक सुगठनका ज्ञानेन्द्र नकर्मी छन्।




वर्षको उत्कृष्ट खेलाडी पुरुष
दीपक महर्जन - बक्सिङ
- एसियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक विजेता खेलाडी/ ८१ केजी तौल समूहमा काश्य पदक
- थाइल्याण्डमा गत एप्रिलमा सम्पन्न प्रतिष्ठित किङ्स कपमा काश्य पदक / नेपाललाई ३२ वर्षपछि किङ्स कपमा पदक दिलाउने सफलता

विलमलाल श्रेष्ठ -बुद्धिचाल
- रुसको खान्तिमा सम्पन्न ३९ औँ चेस ओलम्पियाडबाट फिडेमास्टरको दर्जा हासिल गर्न सफल / नेपालको दोस्रो फिडे मास्टर
- प्रतियोगितामा नौ खेलबाट कूल ६.५ अङ्क हासिल गरेपछि जितको प्रतिशत ७२.५ बनाई स्वतः फिडेमास्टरका लागि चयन
- ओलम्पियाडमा सुरुका दुई खेल ग्रान्डमास्टरसँग हारेका विलमलाल त्यसपछि सात खेलमा अपराजित

राहुल विक - क्रिकेट
- विश्व क्रिकेट लिग डिभिजन-४ मा ८ विकेट, १६ एसियाली खेलकुदमा ४ विकेट तथा एसिसी यु-१९ इलाइट कपमा २१ गरी वर्ष २०६७ मा ३३ विकेट लिएको।
-थाइल्यान्डमा भएको एसीसी यु-१९ मा उपकप्तानको रुपमा नेपाललाई उपविजेता बनाउनुका साथै २१ विकेट लिइ उत्कृष्ट बलर घोषित
- नेपालबाट एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक २१ विकेट लिने कीर्तिमान
- एसिसी यू-१९ मा थाइल्यान्डविरुद्ध १५ रन खर्चेर लिएको ८ विकेट लिँदा उमेर समुहमा नेपाली बलरको सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय प्रदर्शन

रोहित चन्द - फुटबल
- मध्यपश्चिमबाट नेपाली फुटलबमा चम्केका सीमित खेलाडी मध्ये एक
- गत वर्ष भारतको माथिल्लो डिभिजनको आई लिगमा हिन्दुस्तान एरोनोटिक्स लिमिटेड (एचएएल) बाट खेल्न सफल
- भारतीय लिगमा त्यो वर्ष खेल्ने विदेशी खेलाडीमध्ये उत्कृष्ट पाँच भित्र पर्न सफल
- राष्ट्रिय टोलीका लागि खेल्न नेपाल फर्केको स्थिति बाहेक अरु बेला एलएएलका लागि स्थापन्न नभइ सबै खेलमा खेल्न सफल
- उत्तर कोरिया सम्मिलित एएफसी च्यालेन्ज कप छनोटमा नेपालका लागि रक्षपंक्तिमा उत्कृष्ट प्रदर्शन गर्दा नेपाल च्यालेन्ज कपको दोस्रो चरणमा छनोट

श्याम श्रेष्ठ (शारिरिक सुगठन)
- सातौँ दक्षिण एसियाली शारिरीक सुगठनको बेन्टमवेट (६५ केजी) मा नेपाललाई स्वर्ण पदक
- एसियाली शारिरीक सुगठन र दोस्रो डब्ल्यू विपीएफ विश्व पुरुष शारिरीक सुगठनमा पनि सहभागिता
- विश्व पुरुष शारिरीक सुगठनमा नेपालालई काश्य पदक
- नेपालको शारिरीक सुगठन इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक ठूलो उपलब्धि

वर्षको उत्कृष्ट खेलाडी महिला
जमुना गुरुङ - फुटबल
- गत वर्ष साफ च्याम्पियन्सीपमा नेपाली महिला फुटबल टिमलाई उपविजेता बनाउन महत्वपूर्ण योगदान
- नेपालले विपक्षी टिमहरुमाथि प्रतियोगीता भरी ३४ गोलले गर्दा कप्तान जमुना एक्लैको नाममा दस गोल
- भारतसँगको फाइनल खेल बाहेक जमुनाले प्रत्येक खेलमा कम्तिमा दुई गोल गरिन् - अफगानिस्तानसँग खेलमा उनको ह्याट्रिक

अस्लेसा लिसानेभिच -टेनिस
- ग्वान्जाओ एसियाडमा १ सय ४० सदस्यीय नेपाली टिमकी सबभन्दा कम उमेरकी खेलाडी
-गत वर्ष नेपालमा आयोजना भएका चार वटै प्रतियोगितामा उपाधि
- १४ वर्षकै उमेरमा एपीएफ राष्ट्रिय टेनिस प्रतियोगितामा नेपालकी नम्बर एक खेलाडी मलिका रानालाई हराएर महिला एकल उपाधि जित्न सफल।
-ग्वान्जओमा टिम इभेन्टअन्तर्गत सिंगल्स र डबल्समा मंगोलियाका खेलाडीलाई हराई क्वार्टरफाइनल पुग्न सफल।

अनु लामा - फुटबल
- बंगलादेशमा भएको पहिलो महिला साफ च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउदा लगातार तीन ह्याट्रिक
- नेपाली फुटबल इतिहासमै अन्तर्राष्ट्रिय फुटबलमा यस्तो गौरव हासिल गर्ने पहिलो फुटबलर
- प्रतियोगितामा ११ गोल गर्दै सर्वश्रेष्ठ खेलाडी घोषित

मनिता शाही (तेक्वान्दो)
- अन्तर्राष्ट्रिय कोरियन खुल्ला तेक्वान्दोमा ६२ केजी तौल समूहमा स्वर्ण
- भारतको विशाखापट्नममा प्रथम इन्डियन खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण
- दक्षिण कोरियाको बुसानमा सातौँ गियोन्याङमदो गभर्नर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत

कान्छीमाया कोजू एथ्लेटिक्स)
- १६औं एशियाली खेलकुदमा ५ किमी दौडमा १६ मिनेट ४९.५ सेकण्डको राष्ट्रिय किर्तीमान बनाउन सफल
- हिमालयन गाइडस इन्टरन्याशनल पाथिभरा म्याराथुनमा हाफ म्याराथुनको उपाधि
- कान्तिपुर हाफ म्याराथुनको उपाधि


वर्षको उत्कृष्ट खेलाडी युवा
पृथु बास्कोटा -क्रिकेट
-उनको सानदार कप्तानीमा नेपाल थाइल्याण्डमा सम्पन्न एसिसी यू-१९ इलाइट कपमा पुनः प्रभाव देखाउँदै फाइनलमा पुग्न सफल/ यू-१९ विश्वकप छनोटका लागि बाटो खोल्न सफल
- प्रतियोगितामा ४६.५० को औषतमा ९३ रन बनाउनुका साथै २ विकेट लिन सफल - थाइल्यान्डविरुद्ध समूह चरणको खेलमा ६४ रनको इनिङ

सरिता मगर - क्रिकेट
- नेपाललाई लगातार दोस्रो वर्ष एसिसी यु-१९ महिला च्याम्पियनसिपको उपाधि दिलाउदा सरिताले निर्णायक खेलमा शानदार प्रदर्शन
- फाइनलमा नेपालले भुटानमाथी ६ विकेटको विजय हातपार्दा १ विकेट लिई अविजित २३ रन बनाएर वुमन अफ द फाइनल बन्न सफल
- सेमिफाइनलमा युएईविरुद्ध अविजित अविजित ३४ रन
- प्रतियोगितामा २५.५० को औषतमा १ सय २ रन बनाउनुका साथै ४ विकेट लिन सफल
- काठमाडौंलाई वाईवाई यु-१९ राष्ट्रिय च्याम्पियन बनाउँदा प्रतियोगितामा ६० रन बनाउनुका साथै ६.८८ को औषतमा ८ विकेट लिन सफल

फुपु ल्हामु खत्री - जुडो
- थाइल्यान्डमा भएको एसियन युथ एन्ड जुनियर जुडो च्याम्पियनसिपको युथ तर्फ कास्य पदक
-पहिलो चरणमा काजाख्स्तानका खेलाडीसँग पराजित भए पनि तेस्रो स्थानका लागि भएको प्लेअफमा थाइ खेलाडीलाई नकआउट गर्न सफल

नेरी थापा - क्रिकेट
-आफ्नो कप्तानीमा नेपाललाई लगातार दोस्रो वर्ष एसिसी यु-१९ महिला च्याम्पियनसिपको उपाधि दिलाउन सफल
- सिंगापुरमा नेपालका लागि सर्वाधिक १ सय ९१ रन बनाउनुका साथै ८ विकेट लिन सफल
-प्रतियोगितामा उत्कृष्ट ब्याट्सवुमनको उपाधि हात पार्न सपल
- वर्ष २०६७ मा दुई पटक वाइवाई महिला राष्ट्रिय क्रिकेट हुँदा नेरीले पहिलोमा ११ विकेट लिदै उत्कृष्ट बलर तथा दोस्रो पटकको राष्ट्रिय प्रतियोगितामा नेपालगन्जलाई विजेता बनाउदा ९ विकेटका साथ उत्कृष्ट बलर र वुमन अफ द सिरिजको पुरस्कार जित्न सफल

अनिश श्रेष्ठ - टेबलटेनिस
- भारतको देहरादुनमा भएको दक्षिण एसियाली टेबलटेनिस च्याम्पियनसिमा दुई कास्य पदक जित्न सफल
- जुनियर व्वाइजको १८ वर्ष मुनितर्फ टिम इभेन्टमा विवेक गौतम र सुजन थपलियासँग मिलेर तेस्रो स्थान
- व्वाइज डबल्समा विवेक गौतमसँग मिलेर कास्य पदक
- विराटनगरमा भएको ३३ औं राष्ट्रिय प्रतियोगितामा जुनियरमा विजेता
-सिनियरमा पनि प्री क्वार्टरफाइनलसम्म पुग्न सफल

वर्षका उत्कृष्ट प्रशिक्षक
श्यामसन जंग थापा - क्रिकेट
- उनको प्रशिक्षणमा काठमाडौं क्षेत्र नं. ३ ले पहिलो पटक वाईवाई महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जित्न सफल
- नेपाललाई सिंगापुरमा सम्पन्न एसिसी यु-१९ महिला च्याम्पियनसिपको फाइनलमा भुटानलाई पराजीत गर्दै लगातार उपाधि दिलाउने प्रशिक्षक

ध्रुव केसी - फुटबल
- बंगलादेशमा भएको पहिलो महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा बागडोर सम्हाल्ने प्रशिक्षक
-रक्षात्मक शैलीलाई आक्रमणमा परिणत गर्दा नेपालले प्रतियोगितामा ३४ गोल गर्न सफल

प्रचन्ड शर्मा - बक्सिङ
- चीनको ग्वान्झाउमा भएको १६ औं एसियाली खेलकुदमा नेपालका एकमात्र पदक विजेता दिपक महर्जनलाई सफलता दिलाउने प्रशिक्षक
- महर्जनले ८१ केजी तौल समूहमा कास्य पदक जित्दा शर्माको रणनितीले नेपाललाई रित्तोहात हुनबाट जोगाको थियो।

जगत टमाटा - क्रिकेट
- थाइल्यान्डमा भएको एसिसी यु-१९ इलाइट कपमा नेपाललाई फाइनलसम्म पुर्‍याउने प्रशिक्षक
-उपविजेतासँगै नेपाल नेपाल यु-१९ विश्वकप छनोट प्रतियोगितामा पुग्न सफल
- घरेलु क्रिकेटको पेप्सी ट्वान्टी-२० राष्ट्रिय प्रतियोगितामा भैरहवालाई फाइनल सम्म पुर्‍याउन सफल प्रशिक्षक।

ज्ञानेन्द्र नकर्मी - शारिरीक सुगठन
- नेपालले सातौँ दक्षिण एसियाली शारिरीक सुगठनमा श्याम श्रेष्ठ र सचित प्रधानले स्वर्ण जित्दा प्रशिक्षक
- दोस्रो डब्ल्यू विपीएफ विश्व पुरुष शारिरीक सुगठनमा श्याम श्रेष्ठले काश्य जित्दा प्रशिक्षक
- नेपालको शारिरीक सुगठन इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक ठूलो उपलब्धि
sorce :- news nagarik

0 comments for "पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक"

Leave Reply

आफ्नो एक मात्र छोरी कवितालाई नायिका करिश्मा मानन्धर र उनका श्रीमान् बिनोद मानन्धरले अमेरिका पठाएका छन् । करिश्मा र बिनोदले छोरी कवितालाई वु...

विश्व

निशुल्क औषधीले ७० जनाको ज्यान गयो I

एजेन्सी,पाकिस्तानमा नक्कली औषधीका कारण ज्यान गुमाउने संख्या ७० पुगेको छ । पंजाब प्रान्तमा सरकारले उपलब्ध गराएको निशुल्क औषधीका कारण ज्यान ग...

नाईजेरियामा भएको सिलसिलाबद्ध बम विष्पोटमा मर्नेको संख्या एकसय ५० पुग्यो I

एजेन्सि, माघ ८,नाईजेरियाका दोश्रो ठूलो शहर कानोमा गत शुक्रवार भएको सिलसिलाबद्ध बम विस्फोटमा मारिनेको सख्या करिव १५० पुगेको छ । अस्पताल...

बम विष्फोटनमा सात जनाको ज्यान गयो, ५० भन्दा बढी घाईते I

एजेन्सी, माघ ७, नाईजेरियाको कानो शहरमा प्रहरी कार्यालय लगायत महत्वपूर्ण ठाउँमा श्रृंखलावद्ध बम विष्फोट हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ...
  • प्यालेस्टाइनका सभामुख ईजरायलको कब्जामा I
  • हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I
  • अमेरिकी दूतलाई पाकिस्तानमा अस्वीकार I
  • पाकिस्तानमा सरकार-सेना विवाद चर्कियो I
  • पाकिस्तानमा सडक दुर्घटनामा सांसदको मृत्यु I
  • सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I
  • उड्दै गरेको हट एयर बेलुन बल्यो, पाइलट र ५ जोडीको मृत्यु I
  • Feed!

    विज्ञान प्रविधि

    गुगलको कमाइ सोँचेभन्दा कम I

    पछिल्लो तथ्यांकले इन्टरनेट कम्पनी गुगलको कमाइ अपेक्षा भन्दा कम भएको देखाएको छ । सन् २०११ को पछिल्लो त्रैमासिकमा गुगलको राजस्व वृद्धि २७ प्र...

    आवाजले चल्ने मोबाइल I

     एजेन्सी, नयाँदिल्ली, मोबाइल धेरै चलाउँदा औलामा समस्या भएको छ भने केही समय पर्खनुहोस् । भारतमा बोलेरै मोबाइल एसएमएस लेख्न सकिने प्रविध...
  • एनसेलको ग्राहक संख्या ७० लाख नाघेको अवसरमा ७ जना ग्राहकलाई १० लाख रुपैयाँका दरले नगद पुरस्कार दिने I
  • मानवीय स्वभाव अनुसार काम गर्ने ल्यापटप आउने I
  • टि्वटरले गुगलको परिवर्तनमा आलोचना I
  • भारतमा फेसबुकलाई प्रतिवन्ध लगाउने चेतावनी I
  • कहिले हट्छ क्यालेण्डरबाट एक महिना ?
  • RSS Feed!

    प्रवास

    हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I

    एजेन्सी, माघ ६,शान्ति स्थापनाका लागि खटिएको नेटो सेनाको हेलिकोप्टर अफगानिस्तानमा दुर्घटना हुँदा ६ जना अमेरिकी सेनाको ज्यान गएको छ । बिहीबार...

    सीरियामा भएको प्रर्दशनमा २७ जनाको मृत्यु I

    एजेन्सी, पुस २४, सीरियाको छुट्टा छुट्टै स्थानमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । स्थानिय समन्वय समितिका अनुसार हो...
  • आत्मघाती बम आक्रमणमा ६ सुरक्षाकर्मीको ज्यान गयो I
  • प्रदर्शन भड्काउन अमेरिकाको हातः रुसी प्रधानमन्त्री पुटिन I
  • इजिप्टमा हिंसा चर्कियो
  • RSS Feed!

    मनोरञ्जन

    प्रियिमरसंगै परिचयको दौड I26 Jan 2012

    काठमाण्डौ, माघ १३, मुम्बई हानिए पश्चात परिचय मार्फत नेपाली सिनेमामा कमब्याक भएका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र परिचय शुक्रबारदेखि दे...

    अभिनेत्री सुशिला रायमाझीको निधन I26 Jan 2012

    काठमाण्डौ, लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो...

    Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
    Feed!

    अन्तर्वार्ता

    'मिस यू' प्रेमको परिभाषा दिने चलचित्र हो : निर्माता/नायक दिलिप रायमाझी I

    नेपाली चलचित्र क्षेत्रमा कुशल अभिनेताको रूपमा दिलिप रायमाझीको नाम अग्रपंक्तीमा नै पर्दछ । दर्पणछायाँबाट एकाएक चम्किएका यि नायक अहिले पुन: द...