Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

पुरुष बने तीन बच्चाका आमा

Published on: Friday, August 5, 2011 //

के पुरुष पनि आमा बन्न सक्ला त ? धेरैलाई यो प्रश्न कपोकल्पित र असम्भब लाग्नु स्वभाविक हो । पुरुष गर्भवती भई बच्चालाई जन्म दिएको कुरा गरे पागलको उपनाम कमाउन केहि बेर नै लाग्दैन । यदि तपाईलाई पनि यस्तै लाग्छ भने यो केबल भ्रम मात्र हुनेछ । अमेरिकाको एरिजोना राज्यमा श्रीमती नान्सीसँग बस्दै आएका बेटी संसारकै पहिलो ‘पुरुष आमा’ बनेपछि यसले विश्व मेडियामा हेडलाइन्स बनाएको छ । एक मात्र हो र, बेटीको सुसन -३), अस्टिन -२) र जनसेन -१) नामका तीन बच्चाहरु छन् । २००८ मा पहिलो बच्चा भएपछि ३७ वषिर्य बेटीले गत वर्ष २५ जूलाईमा तेस्रो सन्तानलाई पनि आफ्नै गर्भबाट जन्म दिएका थिए ।

आफूले सोचेको सपनाको परिवार पाउदा निकै खुसी लागेको बेटीले प्रतिक्रिया दिएका छन् । ओरेगनस्थित घरमा हाल उनी पितृत्व र मातृत्व दुबैको मजा लिइ रहेका छन् । पारिवारिक जीवनको आनन्दमा मस्त बेटी केहि हप्ताअघि स-परिवार एक स्विमिङ पुलमा देखिएका थिए । उनी अहिले सर्वत्र चर्चाका पात्र बनेका छन् । यद्यपी उनको ब्यक्तिगत जीवनको कहानी भने बेग्लै छ । बेटी जन्मदा वास्तवमा स्त्रि नै थिइन् । तर उनको धोको भने पुरुष बन्ने थियो । जब उनी २० वर्षको जवानीमा थिइन्, तब टेस्टोसटेरोन हर्मोन इन्जेक्सन लिई अनुहारमा जुगाँ, दाहृी तथा अन्य रौ उमार्न सफल भइन् । अनि २००२ मा मास्टेक्टोमी गरी बेटी बैधानिकरुपमै पुरुष बनिन् । हैरान हुने कुरा के छ भने बेटीले आफ्नो गुप्ताङ्ग, पाठेघर र अन्य स्त्रि प्रजनन् अङ्ग भने परिवर्तन गर्न अस्विकार गरेकी थिइन् ।

‘म बच्चा चाहन्थे तर थाहा थिएन कसरी ?’ बेटीले भने, ‘यो त केबल सपना थियो मेरो लागि ।’ टेस्टोस्टेरोन लिन छाडेको ८ वर्षपछि एक अनजान ब्यक्तिको बिर्य लिई कृतिम प्रविधि अपनाई बेटीको आमा बन्ने सपना अन्ततः पुरा भयो । आफ्नो क्लिेटोरिस निकै बढेर लिङ्गजस्तै आकार लिएकोले श्रीमतीसँग शारारीक सम्बन्ध समेत राख्न सकिने उनले खुलासा गरे । लगातार वर्षैपिच्छे किन सन्तान जन्माउनु भएको भन्ने प्रश्नमा बेटीले भने-’म वर्षभरीमा जम्मा ४ दिन मात्र गर्भवती बन्न सक्छु । त्यसैले एक बच्चा र अर्को बच्चाको बीचमा लामो समय कुर्न हामी सक्दैनौ ।’ ल हेर्नोस्, यो हो बेटीको परिवार । तस्वीर: एजेन्सी


0 comments for "पुरुष बने तीन बच्चाका आमा"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!