Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

बेलायती क्लबबाट खेल्ने भए नेपाली खेलाडी रोहित

Published on: Thursday, August 11, 2011 //

नेपालका प्रतिभाशाली फुटबल खेलाडी रोहित चन्दले बेलायती क्लबबाट फुटबल खेल्ने भएका छन् । नेपाली डिफेन्डर रोहित चन्दले इंग्ल्यान्डमा फुटबल कौशल देखाउने अवसर पाएका छन् । नर्थह्याम्पटाउनसायरको 'केटरिङ टाउन फुटबल क्लब'ले उनलाई ४ खेल खेल्ने मौका दिएको हो । 'ठूलो अवसर आएको छ,' १९ वर्षीय सेन्टर-ब्याक रोहितले भने, 'त्यहाँ राम्रो गर्न सके युरोपमा खेल्ने मेरो सपना साकार हुनेछ । उत्कृष्ट प्रदर्शन गर्न सक्दो प्रयास गर्नेछु ।'

केटरिङ टाउन इंग्ल्यान्डको पाँचौं डिभिजनको फुटबल 'ब्लु स्क्वायर लिग' खेल्ने क्लब हो । उनले त्यहाँ एक साताको प्रशिक्षणपछि पि्रमियर लिगका टोटेनहम हर्टस्परसहित चार क्लबविरुद्ध केटरिङको टिमबाट खेल्ने नेपाली राष्ट्रिय टिमका प्रशिक्षक ग्राहम रोबर्टस्ले बताए । रोबर्टस्कै पहलमा रोहितले यस्तो अवसर पाएका हुन् ।

रोबर्टस्का अनुसार रोहितले केटरिङबाट खेल्ने खेल हेर्न पहिलो डिभिजनको प|mान्सेली क्लब रेनेस तथा पि्रमियर लिगको आर्सनलसहित इंग्ल्यान्डका ठूला-साना क्लबका ४० भन्दा धेरै 'स्काउट' उपस्थित हुनेछन् । क्लबका लागि खेलाडी खोज्ने व्यक्ति हुन्, स्काउट । खेल राम्रो लागेमा उनीहरूले रोहितलाई क्लबमा अनुबन्धको प्रयास गर्नेछन् ।

'केटरिङबाट खेल्दा रोहितले निकै मेहनत गर्नुपर्छ,' टोटेनहमका पूर्वकप्तान रोबर्टस्ले भने, '१ सय ५० प्रतिशत खेल्न सके उनले युरोपेली क्लबमा अवसर पाउनेछन् ।' इंग्ल्यान्ड जान उनले प्रवेशाज्ञाको प्रक्रिया सुरु गरिसकेका छन् । 'भिसा प्राप्त गर्नेबित्तिकै इंग्ल्यान्डतर्फ लाग्नेछु,' रोहितले भने ।

दुई सातायता इंग्ल्यान्डको टप डिभिजनका क्लब आर्सनल, टोटेनहम र फ्रान्सेली लिग च्याम्पियन लिल्लेले रोहितलाई खेलाउन इच्छा देखाएको विभिन्न बेलायती वेबसाइटले लेख्दै आएका छन् । नेपाली राष्ट्रिय टिमबाट १४ क्याप जितेका उनले गत वर्षको पहिलो डिभिजनको भारती क्लब हिन्दुस्तान एरोनटिक्स लिमिटेडबाट 'आई लिग' खेलेका थिए । त्यसअघि उनले एक सिजन मच्छिन्द्र क्लबबाट खेलेका थिए । रोहित बेलायती क्लबमा 'ट्रायल' दिने दोस्रो नेपाली हुनेछन् । दुई वर्षअघि फरवार्ड अनिल गुरुङले छैटौं डिभिजनको क्लब 'वोकिङ' मा ट्रायल दिएका थिए । अनुबन्धको प्रस्ताव आए पनि 'वर्क परमिट' नपाउँदा उनी स्वदेश फर्केका थिए ।
@ Solidarity

0 comments for "बेलायती क्लबबाट खेल्ने भए नेपाली खेलाडी रोहित"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!