Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

इंग्ल्यान्ड अब नम्बर एक

Published on: Saturday, August 13, 2011 //

एएफपी,

बर्मिङ्घम, श्रावण २९ - जेम्स एन्डरसनले चार विकेट लिएपछि इंग्ल्यान्डले शनिबार भारतलाई एजबास्टनमा एक इनिङ र २ सय ४२ ले हरायो र टेस्ट क्रिकेटमा नम्बर एक टिम बन्यो । इंग्ल्यान्डले चार दिनभित्र लगातार जित हात पारेको यो दोस्रो टेस्ट हो । तेस्रो टेस्टको सफलताले इंग्ल्यान्डले चार खेलको शृङ्खलामा ३-० को अग्रता लियो ।

शृङ्खलामा कम्तीमा दुई स्पष्ट अन्तरको जित हात पार्ने निश्चित भएपछि इंग्ल्यान्ड भारतलाई उछिनेर शीर्ष स्थानमा पुगेको हो । सन् २००३ देखि टेस्ट वरीयताको प्रलचन सुरु भएयता इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लेको यो पहिलोपल्ट हो । भारत तेस्रो टेस्टको आपmनो दोस्रो इनिङमा २ सय ४४ रनमा अलआउट भयो ।

यसअघि इंग्ल्यान्डले एलिस्टर कुकको उत्कृष्ट २ सय ९४ रन मदतले सात विकेटमा ७ सय १० रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । टेस्ट क्रिकेटमा ७३ वर्षयता इंग्ल्यान्डको यो सर्वाधिक ठूलो स्कोर हो । माथिल्लो क्रममा सचिन तेन्दुलकरले मात्र केही सुदृढ प्रदर्शन गरे र ४० रन बनाए ।

कप्तान महेन्द्रसिंह धोनी ७४ रन बनाएर नटआउट भए । उनले प्रवीणकुमारसँग आठौं विकेटका लागि ७५ रनको साझेदारी गरे । प्रवीणले ४० रन बनाए र यो उनको उत्कृष्ट व्यक्तिगत स्कोर हो । भारतले एक विकेट गुमाएर ३५ रनबाट अगाडि खेल्न सुरु गरेको थियो ।

लन्चसम्म पुग्दा भारत छ विकेट गुमाएर १ सय १६ रनको स्थितिमा थियो । उसले बिहानको खेलमा ८१ रन बनाएर पाँच विकेट गुमाएको थियो । दोस्रो सत्रको खेल सुरु हुनेबित्तिकै भारतको स्थिति सात विकेट गुमाएर १ सय ३० रनमा पुग्यो । अब चौथो तथा अन्तिम टेस्ट बिहीबार ओभलमा बिहीबार सुरु हुनेछ ।

0 comments for "इंग्ल्यान्ड अब नम्बर एक"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!