Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

इतिहासकै ठूलो साइबर हमलाको निशानाः अमेरिका र यूएन

Published on: Thursday, August 4, 2011 //



एजेन्सी - वासिङ्टन, १७ साउन,
विश्वकै बृहत् साइबर जासुसीको आक्रमणको निशानामा अमेरिकी सरकार र संयुक्त राष्ट्रसंघका कम्प्युटरहरू परेका छन् । अनलाइन सुरक्षा फर्म म्याक्याफीले बुधबार साइबर हमलाका सम्बन्धमा जानकारी सार्वजनिक गर्ने भएको छ । विश्लेषकहरूले आक्रमणपछाडि चीनको हात भएको आरोप लगाएका छन् । कम्प्युटर जासुसी वा आक्रमणलाई म्याक्याफीले ‘अपरेसन स्याडी ¥याट’ तथा ‘रिमोट एक्सेस टुल्स’ भनेर पहिचान गरेको छ ।

७२ नेटवर्कमा भएको इनफिल्टरेसनमा ४९ अमेरिकामा रहेको विश्लेषकहरूले बताए । जासुसी चीनमाथि संकेत गरिएको छ ।क्यालिफोर्निया अवस्थित म्याक्याफीले आक्रमणपछाडि एक ‘स्टेट एक्टर’ को हात रहेको विश्वास लिएको छ, तर सुरक्षा फर्मले यसको नाम र अन्य पीडितहरूको नाम भने उल्लेख गरेन । आक्रमण लग्स ट्र्याकदेखि एकल सर्भरसम्म भएको छ । यसमा संयुक्त राष्ट्रसंघ सचिवालय, अमेरिकी ऊर्जा प्रयोगशाला, केही दर्जनका अमेरिकी रक्षा संयन्त्र र बेलायतको रक्षा सम्झौताकारका कम्प्युटर नेटवर्कहरू छन् ।

म्याक्याफीले २००९ मा केही रक्षा सम्झौताकारको कम्प्युटरमा भएको आक्रमणको अनुसन्धान गर्दा ‘कमान्ड र कन्ट्रोल’ सर्भर पत्ता लगाएका थिए । म्याक्याफीका अनुसन्धानकर्ताहरू चोरिएको अनुमान गर्नमात्र समर्थ भएको अवस्थामा फर्मका उपाध्यक्षले आक्रमणकारीहरूले सैनिक, कूटनीति र आर्थिक लाभ लिने तथ्यांक खोजेको बताएका छन् । फर्मले २००६ मै सुरक्षामा अतिक्रमण भएको प्रमाण फेला पारेको थियो, तर योभन्दा पहिले नै ह्याकिङ भएको सम्भावना व्यक्त गरेका छन् । आक्रमणकारीले लामो समयको इमेल प्रयोग गरी आक्रमण गरेका छन् ।

क्यानडा, भारत, दक्षिण कोरिया, ताइवान र भियतनामका सरकारहरू पनि साइबर आक्रमणबाट प्रभावित भएका छन् । आक्रमणमा पर्नेहरूमा आसियान राष्ट्रहरू, अन्तर्राष्ट्रिय ओलम्पिक समिति र वल्र्ड एन्टी डोपिङ एजेन्सीहरू पनि छन् । ह्याकरहरूको प्रमुख लक्ष्य अमेरिकी सैनिक तथ्यांक तथा भू–उपग्रह हुन् । यी प्रणालीहरूमा लामो समयदेखि आक्रमण गरिएको छ ।

आक्रमणमा निर्माण, स्टिल, ऊर्जा, सौर्यऊर्जा, प्रविधि, लेखापरीक्षण र सञ्चार कम्पनीहरूलाई लक्षित गरिएको छ । २००८ मा जेनेभाको संयुक्त राष्ट्रसंघीय कम्प्युटरमा गरिएको प्रवेश झन्डै दुई वर्षसम्म जानकारीमा आएको थिएन । उक्त समयमा ह्याकरहरूले पत्तै नदिईकन गोप्य तथ्यांकहरू चोरेको म्याक्याफीको दाबी छ । धेरैजसो आक्रमण ताइवान र आइओसीसँग सम्बन्धित छन् । यो घटना बौद्धिक सम्पत्तिको इतिहासमा सम्पत्तिको सबैभन्दा ठूलो हस्तक्षेप हो ।

0 comments for "इतिहासकै ठूलो साइबर हमलाको निशानाः अमेरिका र यूएन"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!