Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

पाकिस्तान सेमिफाइनलमा

Published on: Wednesday, August 3, 2011 //


  • पाकिस्तान ६-० माल्दिभ्स

काठमाडौ, श्रावण १९ - पाकिस्तान पहिलो साफ यू-१६ च्याम्पियनसिप फुटबलमा बुधबार सेमिफाइनल प्रवेश गरेको छ । उसले समूह चरणको एकतर्फी दोस्रो खेलमा माल्दिभ्सलाई ६-० ले हरायो । दुवै खेलमा जित दर्ता गरेको पाकिस्तान समूह 'ए' को विजेतासमेत बन्यो । उसको ६ अंक भयो । त्यस समूहमा रहेका भारत र माल्दिभ्स दुवैले पाकिस्तानसँग पराजय बेहोरेका छन् । भारत र माल्दिभ्सबीचको विजेता टिम त्यस समूहबाट उपविजेताको हैसियतमा अन्तिम चारमा प्रवेश गर्नेछ । पाकिस्तानका लागि मोहम्मद बिलालले ४ गोल गरे । थप दुई गोल शेर अलीको नाममा रह्यो ।

पाकिस्तानका प्रशिक्षक साजाद मेहमुदले माल्दिभ्सलाई ठूलो अन्तरले हराउन सक्ने पहिले नै सोचेको बताए । मेहमुदले सेमिफाइनलमा समूह 'बी' बाट कुनै टिमसँग खेल्नुपरे पनि नडराउने बताए ।माल्दिभ्सका प्रशिक्षक अब्दुल गहानीले खराब मैदानका कारण खेलाडीले खेल्न नसकेको बताए । साथै उनले एन्फाले खराब व्यवस्थापन गरेको बताए । गहानीले पाकिस्तानी टिमले राम्रो खेलेको बताए ।

खेलको ६ मध्ये ५ गोल दोस्रो हाफमा सम्भव भए । पाकिस्तानले खेलको पूरै अवधि माल्दिभ्सलाई दबाबमा राखेको थियो । शारीरिक रूपमा माल्दिभ्सभन्दा ठूला र बलिया रहेका पाकिस्तानी खेलाडीले दबाब झेल्नु परेन । बिलालले ५ औं मिनेटमा मन्सुर खानको पासमा हेड गर्दै पाकिस्तानलाई अग्रता दिलाए । त्यसपछि माल्दिभ्सले विपक्षी पोस्टमा कुनै आक्रमण गर्न नसके पनि पाकिस्तानलाई थप गोल गर्न दिएन । तर दोस्रो हाफमा माल्दिभ्सका खेलाडी पूरै थाकेका देखिए । जसको मौका पाकिस्तानी खेलाडीले पूर्णरूपमा उठाए । बिलालले ५६ औं मिनेटमा दोस्रो गोल गरे । उनले अलीको पासमा हेडमार्फत् गोल गरे । अलीले ७९ औं मिनेटमा सनैउलाहको पासमा डि-बक्स भित्रबाट बललाई जाली चुमाए ।

त्यसको एक मिनेट बित्न नपाउँदै उनले व्यक्तिगत दोस्रो गोल गरे । अलीले दुई डिफेन्डर र गोलकिपरलाई छक्याउँदै बललाई पोस्टको दिशा दिए । अली ह्याटि्रक गर्नबाट एकपल्ट चुके भने अर्कोपल्ट विपक्षी गोलकिपर बाधक बने । त्यसपछि फेरि बिलाल चम्किए । उनले एक्लो प्रयासमा ८४ औं मिनेटमा डि-बक्सबाट उत्कृष्ट गोल गरे र ह्याटि्रक पूरा गरे । बिलालले व्यक्तिगत चौथो र टिमको छैटौं गोल खेलको अन्तिम मिनेटमा गरे ।



समूह 'ए’

देश खेल जित हार बराबरी अंक

पाकिस्तान २ २ ० ० ६

भारत १ ० १ ० ०

माल्दिभ्स १ ० १ ० ०

घरेलु टिमको परीक्षा आज

घरेलु टिम नेपालले पहिलो साफ यू-१९ च्याम्पियनसिप फुटबलमा बिहीबार दशरथ रंगशालामा बंगलादेशको सामना गर्दै छ । पहिलो खेलमा श्रीलंकालाई निराश पारेको बंगलादेशसँग खेल्न नेपाली टिमलाई सहज भने हुने छैन ।

तर घरेलु मैदान र समर्थकको अघि प्रतियोगिताको मुख्य दाबेदारका रूपमा हेरिएको नेपाली खेलाडीको प्रदर्शनमाथि सबैको आँखा रहनेछ । नेपाली टिमका प्रशिक्षक सुनिल श्रेष्ठले बंगलादेशलाई पराजित गरेर विजयी सुरुआत गर्ने बताए । 'खेलाडीको मनोबल उच्च छ,' उनले भने, 'टिमको फरवार्ड, मिडफिल्ड र डिफेन्स सबै पक्ष राम्रो छ ।'

तर श्रेष्ठले बंगलादेशलाई सहज रूपमा नलिने बताए । 'बंगलादेश टिम प्राविधिक रूपमा राम्रो रहेनछ,' उनले भने, 'बंगलादेशका चार खेलाडी राम्रा छन् । उनीहरूलाई रोक्ने राम्रो लक्ष्य हो ।' बंगलादेशका प्रशिक्षक टोटम सेक सुकुलले नेपाल बलियो टिम रहेको बताएका छन् । घरेलु टिमलाई कडा चुनौती दिने उनले बताए ।


आजको खेल
नेपालविरुद्ध बंगलादेश
- कान्तिपुर

0 comments for "पाकिस्तान सेमिफाइनलमा"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!