Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नेपाल आज केन्यासँग भिड्ने

Published on: Saturday, July 30, 2011 //

काठमाडौ, श्रावण १५ - आईसीसी यू-१९ छनोट क्रिकेटमा मिश्रति नतिजा हात पारिराखेको नेपालले आइतबार प्रतियोगिताको अर्को बलियो टिम केन्याको सामना गर्नेछ । आयरल्यान्डको रेलवे युनियनमा हुने खेलमा नेपाल दोस्रो जितको खोजीमा रहनेछ भने केन्या आफ्नो अपराजित यात्रा कायम राख्न मैदानमा उत्रनेछ ।

सन् २०१२ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने आईसीसी विश्वकपमा छनोट हुनका लागि विभिन्न ५ क्षेत्रका १० टिम राउन्ड रोबिन प्रतियोगितामा भिडिरहेका छन् । प्रतियोगिताको दुई खेल समाप्तिसम्म नामिबिया, केन्या र आयोजक आयरल्यान्ड अपराजित रहँदै शीर्ष तीनमा रहेका छन् । त्यस्तै एकमा सफलता र अर्कोमा हार बेहोरे पनि स्कटल्यान्ड, क्यानडा र नेपाल पनि शीर्ष ६ मा छन् । समान एक खेल जितेको पपुवा न्युगिनी नेट रनरेटका आधारमा सातौंमा छ ।

'हामी केन्याविरुद्धको खेलमा जितका लागि मैदानमा उत्रनेछौं,' नेपाली टिमका कप्तान पृथु बाँस्कोटाले भने । उनले टिमको आत्मविश्वास वृद्धि गर्न पनि जित आवश्यक रहेको बताए । 'पहिलो दुई खेलमा मौसमले असर गर्‍यो, अझ स्कटल्यान्डविरुद्धको खेलमा त मैदानमा रहेको शीतका कारण बलरलाई धेरै अप्ठ्यारो भयो,' पृथुले भने, 'उसले दुवै खेलमा जित हात पारे पनि हामीले हराउन सक्ने विश्वास लिएका छौं ।' स्कटल्यान्डविरुद्ध टस हारेपछि नेपाल पहिले बलिङ गर्न बाध्य भएको थियो । केन्या भानुआतु र क्यानडालाई हराउँदै लिगको दोस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा बलियो मानिएको अफगानिस्तानलाई ४२ रनले हराए पनि दोस्रो खेलमा स्कटल्यान्डसँग ५७ रनले हार बेहोरेको थियो ।

पृथुले टिमको ब्याटिङ राम्रोसँग चल्न नसकेको स्वीकारे । 'प्रारम्भिक ब्याट्सम्यान चलेका बेला मध्यपंक्ति असफल र मध्यपंक्ति राम्रो भएका बेला सुरुआती ब्याट्सम्यानको राम्रो प्रदर्शन हुन सकेको छैन,' उनले भने, 'ब्याट्सम्यानको सामूहिक प्रदर्शन आवश्यक छ ।' पृथुले स्कटल्यान्डविरुद्धको खेलमा कप्तानी इनिङ खेल्दै ६७ रनको योगदान दिएका थिए ।

नेपाली टिम व्यवस्थापक छत्रप्रसाद अधिकारीले आयरल्यान्डमा रहेका गैरआवासीय नेपालीको उल्लेख्य सहयोग पाएको बताए । 'मैदानमा उहाँहरूको उपस्थितिले कीर्तिपुरमा खेलेको अनुभव भएको छ,' उनले भने ।

यू-१९ उमेर समूहमा नेपाल र केन्याले यसअघि सन् २००० को यू-१९ विश्वकपमा एकपल्ट भेट गरेका छन् । त्यसमा नेपाल १४ रनले विजयी भएको थियो ।

राउन्ड रोबिन लिगमा आइतबार नेपाल र केन्याबाहेक अमेरिका र नामिबिया, भानुआतु र क्यानडा, आयरल्यान्ड र स्कटल्यान्ड तथा अफगानिस्तान र पपुवा न्युगिनी भिड्नेछन् ।

अंक तालिका

टिम खेल जित हार अंक नेट रनरेट

नामिबिया २ २ ० ४ ंं ं२.११७

केन्या २ २ ० ४ ं१.६८२

आयरल्यान्ड २ २ ० ४ ं०.०७७

स्कटल्यान्ड २ १ १ २ ं०.६००

क्यानडा २ १ १ २ -०.१०६

नेपाल २ १ १ २ -०.१५०

पपुवा न्युगिनी २ १ १ २ -०.८९२

अमेरिका २ ० २ ० -०.१०५

अफगानिस्तान २ ० २ ० -०.४६०

भानुआतु २ ० २ ० -३.१६९


- कान्तिपुर

0 comments for "नेपाल आज केन्यासँग भिड्ने"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!