Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

चिलिमे जलविद्युतले सेयरधनीलाई ६० प्रतिशत नगद लाभांश दिने

Published on: Monday, July 18, 2011 //

साउन २ काठमाण्डौ, चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक बर्ष २०६६-६७ को कूल नाफाबाट सेयरधनीलाई ६० प्रतिशत नगद लाभांश दिने भएको छ । काठमाडौंमा बिहिबार भएको कम्पनीको १४औं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०६६-६७ को प्रतिसेयर नाफा एक सय सात रुपैयाबाट ६० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश गत बर्षका तुलनमा १५ रुपैयाँले बढी हो । कम्पनीले यसअघि आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दालाई सेयर जारी गरी कूल सेयर पूंजी ८२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यो बर्ष कूल ४९ करोड ५३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर वितरण गरेको हो । कम्पनीले सन् २०२० भित्र थप तीन सय मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा कम्पनीले तीन करोड ९१ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

0 comments for "चिलिमे जलविद्युतले सेयरधनीलाई ६० प्रतिशत नगद लाभांश दिने"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!