Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

गद्दाफी देश छाड्न तयार

Published on: Sunday, July 17, 2011 //

लिबियाका नेता कर्णेल मुअमर गद्दाफी देश छाड्न तयार रहेको फ्रान्सले जनाएको छ । फ्रान्सेली विशेषदूतको सम्पर्कमा रहेका गद्दाफीले आफू देश छाड्न तयार रहेको बताएका हुन् । फ्रान्सका विदेशमन्त्री एलेन जुपले फ्रान्सेली रेडियोलाई दिएको अन्तर्वार्तामा भनेका छन्- 'लिबिया सरकार सबैतर्फ आफ्नो सन्देश पठाइरहेको छ ।' इजिप्ट, अमेरिका तथा फ्रान्समा पठाइएको यी सन्देशमा गद्दाफीले देश छाड्नेसम्बन्धी छलफल गरेको उल्लेख गरिएको छ । यस सम्पर्कको अर्थ लिबियासँग विधिवत् वार्ता नभएको पनि फ्रान्सेली विदेशमन्त्री जुपले बताए ।

नागरिक सुरक्षाका लागि संयुक्त राष्ट्रसंघले लिबियामा आक्रमण गर्ने अनुमति दिएको थियो । राष्ट्रसंघको अनुमतिपछि अमेरिका, फ्रान्सलगायतले संयुक्त रूपमा लिबियामा आक्रमण गरेका थिए । पछि लिबियामा आक्रमण गर्ने जिम्मा उत्तर एट्लान्टिक सन्धि संगठन नेटोलाई दिइएको थियो । मंगलबार फ्रान्स इन्फो रेडियोसँग विदेशमन्त्री जुपले भने- 'हामी लिबिया सरकारका कैयौँ दूतसँग सम्पर्कमा रहेका छौँ ।' गद्दाफी सत्ता छाड्न तयार रहेको उनीहरूले बताएका छन् । यससम्बन्धमा वार्ता अघि बढाउनका लागि आउनसमेत उनीहरूले भनेका छन् । सम्पर्कमा रहेका लिबियाली दूतबारे चाहिँ मन्त्री जुपले केही बताएका छैनन् । फ्रान्सेली विदेश मन्त्रालयका प्रवक्ता बनार्ड बैलोरो भन्छन्- 'फ्रान्स आएका केही दूतले आफूलाई गद्दाफीले सन्देशसाथ पठाएको बताइरहेका छन् । हामीले पनि यी दूतमार्फत यही सन्देश पठाएका हौँ ।'

फ्रान्सेली संसदमा लिबियामा चार महिनादेखि चलिरहेको आक्रमण जारी राख्ने सम्बन्धमा छलफल भइरहेका वेला विदेशमन्त्रीको यस्तो टिप्पणी सार्वजनिक भएको हो । लिबियाको अधिकांश पूर्वी र पश्चिम भाग विद्रोहीको नियन्त्रणमा छ । तर, राजधानी त्रिपोलीसम्म विद्रोही सफल भएको छैन । त्रिपोली गद्दाफीकै नियन्त्रणमा छ ।

0 comments for "गद्दाफी देश छाड्न तयार"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!