Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

नेपाल विश्वकप छनौटमा टिमरोसँग भिड्दै

Published on: Friday, July 1, 2011 // ,


इस्ट टिमोरविरुद्ध केही समयपछि दशरथ रंगशालामा दोस्रो लेग खेल्न लागेको नेपालका अगाडि चुनौती र अवसर दुवै छन्। कारण, नेपाल पहिलो पल्ट विश्वकप छनोटको दोस्रो चरण प्रवेशको नजिकै छ। शनिबारको खेलमा इस्ट टिमोरलाई बराबरीमा रोके मात्र नेपाल दोस्रो चरणमा जानेछ। 'हामी बराबरीभन्दा पनि जित्नका लागि उत्रिनेछौं,' नेपालका सहायक प्रशिक्षक मेघराज केसीले नागरिकन्युजसँग भने।

दोस्रो चरण प्रवेश गरेको खण्डमा नेपालको भिडन्त हुनेछ, जोर्डनसँग। जोर्डन यसअघि नै २२ राष्ट्र सहभागी अर्को छनोट चरणमा बाई पाएर दोस्रो चरण प्रवेश गरिसकेको छ।
दोस्रो चरणको पहिलो लेगको खेल साउन ७ गते जोर्डनको राजधानी अमानस्थित २५ हजार दर्शक अटाउने अमान अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। साउन १२ गते हुने दोस्रो लेगको खेल कहाँ हुने, त्यो भने टुंगो लागेको छैन।

पहिलो चरणको छनोटअन्तर्गत बुधबार दशरथ रंगशालामा सम्पन्न पहिलो लेगको खेलमा १० खेलाडीमा सीमित नेपालले २-१ गोलले इस्ट टिमोरलाई हराएको थियो। शनिबार दोस्रो लेगको खेल खेल्न दशरथ रंगशाला उत्रिँदा टिमोरले मात्र होइन, नेपालले पनि अत्यधिक वर्षाका कारण खराब भएको मैदानको चुनौतीबाट गुज्रिनुपर्नेछ।

'वर्षाका कारण मैदान खराब छ। तर, पनि हाम्रो प्रयत्न जितसँगै दोस्रो चरणमा प्रवेश पाउने हुनेछ,' कप्तान सागर थापा भन्छन्।

अस्ट्रेलियामा खेल्ने डिफेन्डर क्रिस नुनेस, उत्तरी आयरल्यान्डमा खेलिरहेका मिडफिल्डर अमेरिकाका झिमेनेस, ब्राजिलमा खेल्ने मिडफिल्डर सिप्रिआनो ब्रान्को, न्युजिल्यान्डमा खेल्ने मिडफिल्डर सिडोनिड अगुस्टो डे जिसस, पोर्चुगलमा खेलिरहेका टोरेस भिडिगलको अनुपस्थितिमा अहिले इस्ट टिमोरको टोली निकै दबाबमा देखिएको छ। यी सबै खेलाडीलाई यसपल्ट टिमोरले आफ्नो टोलीमा समेट्न सकेन। पहिले पोर्चुगलको उपनिवेश र त्यसपछि इन्डोनेसियाले लडाइँपछि आफ्नो अधिनमा राखेको यो देशले दोस्रो चरण प्रवेशका लागि नेपाललाई हराउनुपर्ने बाध्यता छ।
साभार : नागरिक न्युज

0 comments for "नेपाल विश्वकप छनौटमा टिमरोसँग भिड्दै"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!