ढिकेनूनको प्रयोग बढ्दो I
Published on: Tuesday, January 24, 2012 //
समाचार
कैलाली माघ ११-सुदूरपश्चिमका पहाडी जिल्लामा ढिकेनूनको प्रयोग बढ्दै गएको छ । पहाडी जिल्लाका ग्रामीण भेगमा आयोडिनयुक्त नून पुग्न नसकेका कारण ढिकेनूनको प्रयोगमा कमी आएको छैन् ।
सुदूरपश्चिमका पहाडी जिल्लामा ४५ प्रतिशत स्थानीय बासिन्दाले ढिकेनूनको प्रयोग गर्दै आएका साल्टटे«डिङ कार्पोरेसन लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । कार्यालयका अनुसार सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाका ग्रामीण भेगका स्थानीयवासीले ढिकेनूनको बढी प्रयोग गर्दै आएका छन् ।
क्षेत्रीय कार्यालयका प्रमुख केशवप्रसाद पाण्डेयका अनुसार सुदूरपश्चिममा वार्षिक एक लाख ७० हजार क्विन्टल नून खपत हुने गरेकोमा ५५ प्रतिशत आयोडिनयुक्त प्याकेट नूनको खपत हुने गरेको छ भने बाँकी ४५ प्रतिशत ढिके नूनको खपत हुने गरेको छ ।
कार्पोरेसनले अनुदानमा दिने नून बिक्रीमा समेत कमी आएको जनाएको छ । बजारमा नून पर्याप्त मात्रामा उपलब्ध हुने भएका कारण उक्त नून बिक्रीमा कमी आएको बताइएको छ ।
कार्यालयले सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम र दार्चुलामा नूनको ढुवानीमा अनुदान दिँदै आएको जनाएको छ ।