Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

अहिले सम्म विश्वकै अग्लो बिरालो I

Published on: Monday, January 2, 2012 //



अमेरिकाको क्यालिफोर्नियामा १९ इन्च अग्लो बिरालो छ जसले विश्वकै अग्लो घरपालुवा बिरालोको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । ट्रबल नामको यो बिरालो अहिले ३ वर्षको भएको बिरालोकी मालिक्नी डेब्बी मारास्पिना बताउँछिन् ।

नामको अर्थ हैरानी भन्ने भएपनि यो बिरालोका कारण मालिक्नीलाई हैरानी भन्दा पनि इज्जत र प्रतिष्ठा प्राप्त भएको छ । यो बिरालो अपि|mकन बिरालोसँगको समागमबाट जन्मिएको ठिमाहा बिरालो हो ।

आफुले पालेको बिरालो निकै अग्लो रहेपनि आफ्नी साथीले यो विश्वकै अग्लो बिरालो हुनसक्ने बताएपछि मात्र डेब्बीलाई बिरालोको उचाइँ नाप्ने रहर जागेको थियो ।

भेटनरी अस्पताल गएर बिरालोको उचाइँ नापेपछि उनले आफ्ना बिरालो त्यतिबेला गिनिज बुकमा दर्ज भएको बिरालो भन्दा १ इन्च अग्लो रहेको पाइन् र त्यसपछि उनले गिनिज रेकर्डको कार्यालयमा दाबी पेश गरिन् । अघिल्लो वर्ष लण्डनमा भएको कार्यक्रममा गिनिज रेकर्डस्ले उनको बिरालोलाई विश्वकै अग्लो बिरालोको रुपमा प्रमाणपत्र प्रदान गर्यो ।

धेरै अग्लो भएपनि यो बिरालोको तौल भने जम्मा २० पाउण्ड मात्र छ । बिरालोले खरायोको मासु तथा गाइगोरुको मासु मन पराउने यसका मालिक जोन बताउँछन् ।अनलाइन

0 comments for "अहिले सम्म विश्वकै अग्लो बिरालो I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!